पुटिन भन्छन् : युक्रेनको स्वतन्त्रता स्वीकार्य छैन

अन्तराष्ट्रिय मुख्य समाचार राजनिति शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि

रुसका राष्ट्रपति भ्लादिमिर पुटिनलेयुक्रेनको स्वतन्त्रता स्वीकार्य नभएको बताएका छन् । युद्धविरामका लागि युक्रेनसँग इस्तानबुलमा वार्ता हुने एक दिनअघि पुटिनले युक्रेनको स्वतन्त्रता र नाटोमा सामेल हुने आकांक्षासँग रूस  सहमत हुन नसक्ने स्पष्ट पारेका हुन् ।

पुटिनले कीभसँगको जारी युद्ध युक्रेनको सार्वभौमिक अस्तित्व र त्यसले रूसको सुरक्षामा पार्ने खतरा रहेको उल्लेख गरेका छन् । नाटोको विस्तारप्रति पनि उनको गम्भीर चिन्ता थियो ।

उनले भनेका छन्, युक्रेन स्वतन्त्र राष्ट्रको रूपमा रहन चाहनु र रूसी प्रभावबाट बाहिर जानु नै रूसको सुरक्षा र भू(राजनीतिक हितहरू विरुद्ध छ। यही कारणले गर्दा रूसले बारम्बार युक्रेनमाथि प्रभाव जमाउन खोजेको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *