सरकारप्रति शेखर कोइरालाको टिप्पणी : विनाश काले विपरीत बुद्धि!

मुख्य समाचार राजनिति शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि

नेपाली कांग्रेसका नेता शेखर कोइरालाले सरकारको कामलाई लिएर टिप्पणी गरेका छन्। उनले आज सामाजिक सञ्जाल फेसबुकमार्फत सरकारलाई विनाश काले विपरीत बुद्धि भन्दै टिप्पणी गरेका हुन्। उनले सरकार कुशासनको दुश्चक्रमा परेको भन्दै नागरिकको बढ्दो आक्रोश, सत्तारूढ पार्टीभित्र नै सरकारको कामको तीव्र विरोध र गलत तत्वहरूले सडक तताइरहेको संवेदनशील अवस्थामा अर्को दुस्कर्मको प्रयास गरेको भन्दै आलोचना गरे।

‘पूर्व विशिष्टलाई आजिवन सुविधा’ दिने सरकारको तयारी भन्ने विषयको चौतर्फी विरोध भइरहेको छ। सोही समयमा कोइरालाले यस्ता कामले व्यवस्था र पार्टीको हित नगर्ने भन्दै सरकारले यस्ता काम अघि नबढाएर दिइएको सुविधा पनि घटाउन आग्रह गरेका छन्।

उनले लेखेका छन्, ‘विनाश काले विपरीत बुद्धिः सरकार कुशासनको दुश्चक्रमा परेको भन्दै नागरिकको बढ्दो आक्रोश, सत्तारूढ पार्टीभित्र नै सरकारको कामको तीव्र विरोध र गलत तत्वहरूले सडक तताइरहेको संवेदनशील अवस्थामा अर्को दुस्कर्मको प्रयासः पूर्व विशिष्टलाई आजिवन सुविधा। यस्ता कामले व्यवस्था र पार्टीको हित गर्दैन। सरकार, यस्ता काम अघि नबढाउ बरू दिइएको सुविधा पनि घटाऊ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *