आजकाे माैसमः हिमपातको सम्भावना , भोलि ६ वटा प्रदेशमा वर्षा हुने,

मुख्य समाचार शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि स्वास्थ्य

देशका केही भूभागमा आज हिमपातको सम्भावना रहेको छ । पश्चिमी वायु र पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहँदा हिमपातको सम्भावना बढेकाे हाे ।

जल तथा मौसम विज्ञान विभागका अनुसार बिहान कोसी प्रदेशलगायत देशका पहाडी भूभागमा आंशिक बदली रहेको छ । बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा छ । तराईका थोरै भूभागमा हुस्सु र कुहिरो लागेको छ ।

विभागले दिउँसो आंशिक बदली हुने बताएको छ । सातवटै प्रदेशमा आंशिक बदली रहनेछ । विभागका अनुसार मधेस र लुम्बिनी प्रदेशबाहेक पाँचवटा प्रदेशमा हिमपातको सम्भावना छ । पाँचवटा प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

आज आंशिक बदली र हिमपातको मात्रै सम्भावना रहे पनि भोलि (बिहीबार) भने वर्षाको सम्भावना छ । मधेस प्रदेशबाहेक ६ वटा प्रदेशमा वर्षा र हिमपातको सम्भावना रहेको छ ।

पश्चिमी वायु र पश्चिमी न्यूनचापीय प्रणाली थप सक्रिय हुँदा भोलि ६ वटा प्रदेशमा हल्का वर्षाको सम्भावना रहेको विभागले बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *