मेला उद्घाटनलाई लिएर झडप : नगर प्रमुखसहित चार जना घाइते

मुख्य समाचार राजनिति शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि स्वास्थ्य

 रौतहटको देवाही गोनाही नगरपालिका९ धरहरीस्थित कृष्ण मन्दिरमा कृष्ण जन्माष्टमी मेला उद्घाटन गर्ने विषयलाई लिएर झडप हुँदा नगर प्रमुखसहित चार जना घाइते भएका छन्।

मेलाको उद्घाटन देवाही गोनाही नगरपालिकाका नगर प्रमुख प्रेमलाल साह कानुले गर्ने तय भए पनि नगर प्रमुख साहबाट उद्घाटन नगराउने भन्दै लागेका पक्ष र नगर प्रमुख पक्षबिच बिबाद हुँदा देवाही गोनाही नगरपालिकाका नगर प्रमुख कानुसँगै वडा नम्बर ९ धरहरी टोल बस्ने राम विकास साह, इलाका प्रहरी कार्यालय देवाही गोनाहीका प्रहरी जवान धनसुन्दर ठाकुर र जगदीश यादव घाइते भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

घाइतेको गरुडा४ स्थित बेटर नेपाल अस्पतालमा उपचार भइरहेको तथा घटनामा संलग्न भएको आरोपमा देवाही गोनाही ९ का राधामोहन साह, बिनोद साह र ऋतिक साहलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी निरीक्षक रुद्रराज कँडेलले जानकारी दिए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *