सुनको मूल्य एकैदिन २७ सयले घट्यो

अर्थ मुख्य समाचार शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि

स्थानीय बजारमा सुनको मूल्यमा उच्च गिरावट आएको छ। आज सुनको मूल्य २ हजार ७ सय रुपैयाँले घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार २ हजार ७ सय रुपैयाँले घटेर आज प्रतितोला सुनको मूल्य १ लाख ६७ हजार ५०० रुपैयाँ कायम भएको छ।

यसअघि मंगलबार सुनको मूल्य तोलामा १ लाख ७० हजार २०० रुपैयाँ कायम भएको थियो।

यसैगरी चाँदीको मूल्य पनि घटेको छ। महासंघका अनुसार आज चाँदी  १५ रुपैयाँले घटेर प्रतितोला १ हजार ९३० रुपैयाँमा खरिदबिक्री भइरहेको छ।मंगलबार चाँदी तोलामा १ हजार ९४५ रुपैयाँ कायम भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *