फुटेको ढल सडकमै बगेपछि बबरमहलमा जाम (तस्बिरहरू)

अर्थ मुख्य समाचार शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि स्वास्थ्य

काठमाडौंस्थित बबरमहलमा ढल फुट्दा सडक जाम भएको छ। बुधबार दिउँसो ढल फुटेर सडकमै बग्न थालेपछि सडक जाम भएको हो।

ढल सडकमै बग्दा बानेश्वरबाट माइतिघरतर्फ आउने लेनमा सवारी साधनहरु गुड्न सकेका छैनन्।

फाेटाे सभारः नागरिक दैनिक

पाइप फुटेपछि जलमग्न भएको बबरमहलमा सडक भासियो

बबरमहलमा मेलम्ची खानेपानी आयोजनाको पाइप फुटेपछि जलमग्न भएको स्थानमा सडक भासिएको छ । बुधबार दिउँसो पाइप फुटेपछि पानी निस्किएको ठाउँमा सडक भासिएको हो । सडक भासिएपछि उक्त क्षेत्रमा सवारी साधन आवत जावतमा रोक लगाइएको छ ।

पानीले जिल्ला अदालत काठमाडौं अगाडि सडक र वन परिसरभित्र रहेका सरकारी कार्यालयहरू समेत डुबानमा परेका छन् । मेलम्ची खानेपानी परियोजना कार्यान्वयन इकाईका प्रमुख टीका चौधरीले नेपाल विद्युत् प्राधिकरणले बिजुलीको तार भूमिगत गर्ने क्रममा मेलम्चीको पाइप फुटेको बताए । प्रमुख चौधरीले भने, ‘प्राधिकरणले तार भूमिगत गर्ने क्रममा ड्रिलिङ गर्दा हाम्रो पाइप फुटेको हो । हामीले अब त्यस क्षेत्रमा पानी बन्द गर्दैछौँ ।’

सडक डिभिजन, काठमाडौंका साइट इन्जिनियर अर्जुन नेपालले पनि प्राधिकरणले ड्रिलिङ गर्दा नै पाइप फुटेपछि जलमग्न भएको बताए । उनले भने, ‘प्राधिकरणले तार बिछ्याउने क्रममा पाइप फुटेको हो । सडक पनि भासिएको छ । अब प्राधिकरणले त्यो बनाउँछ । जसले बिगारेको हो त्यसैले बनाउने हो ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *