थानकोटदेखि धुलिखेलसम्म बससेवा सञ्चालनमा

अर्थ मुख्य समाचार शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि

महानगर यातायात प्रालिले चन्द्रागिरि प्राथमिक अस्पताल थानकोटदेखि धुलिखेलसम्म बससेवा सञ्चालनमा ल्याएको छ । ४० वटा सार्वजनिक बस सेवाले विशेषगरी पर्यटकीय स्थल चन्द्रागिरि र धुलिखेलका बिचमा आवतजावत गर्न सजिलो हुने अपेक्षा गरिएको छ ।

आजदेखि शुभारम्भ गरिएको सो बससेवा हालका लागि चन्द्रागिरि–गोदाम–चेकपोस्ट–गुर्जुधारा–सतुगंल–कलंकी–बल्खु–कोटेश्वर–भक्तपुर–बनेपा–धुलिखेलसम्म सञ्चालनमा आउनेछन् ।

चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरीले ‘प्राथमिक अस्पताल थानकोट– धुलिखेल यातायात सेवा’को शुभारम्भ गर्दै चन्द्रागिरि र धुलिखेलका बिचमा आवतजावत गर्न बससेवाले  सजिलो हुने अपेक्षा व्यक्त गरे ।

उनले नगरभित्रको सार्वजनिक यातायातलाई सुधार गर्न नगरपालिकाले उच्च प्राथमिकता दिएको जानकारी गराए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *