नेकपा एमालेको काठमाडौं जिल्ला कमिटीका सदस्य पूर्णमान लामा समातिएका छन् । काठमाडौंको शंखरापुर नगरपालिका–१ बस्दै आएका उनी जबरजस्ती करणीको आरोपमा पक्राउ परेका हुन् । वडा नम्बर–१, नाङ्गलेभारेस्थित चापाकोट माध्यमिक विद्यालयको विद्यालय व्यवस्थापन समिति अध्यक्षसमेत रहेका उनीमाथि छात्रालाई बलात्कार गरेको आरोप छ ।
प्रहरी वृत्त,बौद्धले उनलाई समातेको बुझिएको छ । एमालेको काठमाडौं जिल्ला कमिटीले पनि उनलाई कारबाही गरेको छ । कमिटीका अध्यक्ष दीपक निरौलाले विज्ञप्ति जारी गर्दै उनलाई अनुशासनको कारबाही गरिएको बताएका छन् । उनले पार्टीको मर्यादामाथि नै आँच आउने काम गरेको कमिटीको ठहर छ
पार्टीको मर्यादामाथि नै आँच आउने गतिविधि एवं असामाजिक क्रियाकलापमा संलग्न शंखरापुर १ का पूर्णमान लामालाई नेपाल कम्युनिष्ट पार्टी (एमाले) को विधान २०४९ (प्रथम विधान महाधिवेशन २०७८ र दशौं राष्ट्रिय महाधिवेशन २०७८ बाट भएको संशोधनसहित) को धारा ८० को उपदफा १, ४, १२, १३ को अनुसारको अनुशासन उल्लङ्घन गरेको देखिएकोले सोही विधानको धारा ८१ को अनुशासनको कारबाहीसम्बन्धी व्यवस्थाअनुरुप पार्टी सदस्यताबाट निलम्बन गरिएको छ’,विज्ञप्तिमा उल्लेख छ ।
उनि भन्छन्,‘उनिमाथि २०७९ ब्याचको छात्राले आरोप लगाएकी हुन् । उनलाई प्रहरीले घरबाटै पक्राउ गरेको जानकारी पाएको छु । झण्डै एक दशकदेखि उनि विद्यालय व्यवस्थापन समितिको अध्यक्ष थिए । उनले तीन वटा विवाह गरेका छन । जेठी श्रीमती उनलाई छोडेर गैसकेकि छन । माइली क्षेत्री हुन् भने कान्छीचाँहि तामाङ्ग विवाह हाे । उनलाई बिधालय व्यवस्थापनवाट हटाउने विषयमा नगरपालिकाले निर्णय गर्छ ।