यो साता कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्जमा एक दशमलव ११ प्रतिशतको वृद्धि देखिएको छ । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २९ दशमलव ८२ अङ्कले बढेर दुई हजार छ सय ९३ दशमलव १२ को बिन्दुमा कायम भएको हो ।
बैंकिङ र वित्त समान शून्य दशमलव ८२, होटल तथा पर्यटन एक दशमलव ४१, जलविद्युत् एक दशमलव ५४, जीवन बिमा शून्य दशमलव ८५, उत्पादन तथा प्रशोधन शून्य दशमलव ५८, लघुवित्त शून्य दशमलव ६२ र निर्जीवन बिमा शून्य दशमलव ७८ प्रतिशतले बढेको छ ।
जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको शेयर मूल्य सबैभन्दा बढी नौ दशमलव ९७ प्रतिशतले बढेको छ । सबैभन्दा बढी घट्नेमा प्रभु स्मार्ट फण्डको शेयर मूल्य पाँच दशमलव ७९ प्रतिशत रहेको छ ।
कारोबार रकमका आधारमा आज सबैभन्दा बढी हिमालयन रिइन्स्योरेन्स लिमिटेडको रू ६९ करोड १९ लाख ७७ हजार चार सय ११ बराबरको कारोबार भएको छ । कारोबार भएका शेयर सङ्ख्याका आधारमा सबैभन्दा बढी नेपाल इन्भेष्टमेन्ट मेगा बैंक प्रमोटर शेयर आठ लाख ५० हजार आठ सय नौ कित्ता किनबेच भएको छ ।
