ब्वाइजलाई फाल्गुनन्द गोल्डकपकाे उपाधि

मनराेञ्जन मुख्य समाचार शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि

फिदिम । मछिन्द्र फुटबल क्लबले खेलको अन्तिम एक मिनेट जोगाउन नसक्दा एघारौ फाल्गुनन्द गोल्ड कपको उपाधि चर्च ब्वाइजले चुमेको छ । फिदिम माविको खेल मैदानमा भएको फाइनल खेलमा अतिरिक्त पाँच मिनेट थप गरिएको अन्तिम एक मिनेट मछिन्द्रले जोगाउन नसक्दा उपाधि चर्च ब्वाइजले उपाधि हात पारेको हो ।

खेलको ४४ मिनेटमा मछिन्द्रका बिजु भुजेलको लामो थ्रो लाई डिकाले हेड मार्फत जाली चुमाउँदै टिमलाई एक शून्यले अग्रता दिलाए । निकै प्रतिस्पर्धात्मक बनेको खेलको ७८ मिनेटमा चर्च ब्याइजका रोहन कार्कीको प्री किक प्रहारलाई छिरिङ लामाले गोल गर्दे खेललाई बराबरी बनाए । दुवै टिमको आक्रामक बनेको खेलको ८७ मिनेटमा मछिन्द्रका देवेन्द्रको प्रहार गोल किपर कृषलको पञ्चबाट आएको बललाई हेडमार्फत गोल गर्दै शनिसले टिमलाई अग्रता दिलाए ।

उनको अग्रता सात मिनेट पनि टिक्न सकेन । खेलको अतिरिक्त समयको अन्तिम मिनेटमा चर्च ब्याइजका समीरले गोल गर्दै खेललाई बराबरी बनाए । निर्धारित समयमा बराबरी बनेको खेलको नतिजा ट्राई ब्रेकरबाट लिइएको थियो । ट्राई ब्रेकरमा चर्च ब्याइजका सुजन डङ्गोल, रोहन कार्की, छिरिङ लामा, एकराज बुढाथोकी र विदेशी खेलाडी अवोयामीले गोल गरे भने मछिन्द्रका सौरव सुब्बा, सनिस श्रेष्ठ, देवेन्द्र तामाङले गोल गर्दा दयानन्दको प्रहार कृषल मोक्तानले रोकेका थिए ।

इलाम गोल्ड कपमा उपविजेता बनेको चर्च ब्वाइजले झापा कपको विजेता बन्दै फाल्गुनन्द कपको समेत उपाधि चुमेको छ । जित सँगै चर्च ब्वाइजले दश लाख रुपैयाँ प्राप्त गरेको छ भने मछिन्द्रले पाँच लाखमा चित्त बुझाएको छ ।

खेलको पाँच मिनेटमा चर्च ब्याइजका अबयोमीको फ्री किक प्रहारमा अर्मान्डले पाएको निकै राम्रो अवसरलाई गोल गर्न सकेनन् । ११ मिनेटमा रोहन कार्कीको पासमा अवयोमी अनियन्त्रित बन्दा टिमलाई अग्रता बनाउने अवसर गुम्यो । २१ मिनेटमा रोहनको क्रस पासमा अर्मान्डले गोल गर्ने अवसर पाए पनि त्यसलाई सदुपयोग गर्न सकेनन् । २३ मिनेटमा डिबक्स छेउबाट रोहन कार्कीले गरेको प्रहार मछिन्द्रको गोल पोस्ट बायाँबाट बाहिरियो ।

३६ मिनेटमा छिरिङको पासलाई अवयोमीले प्रहार गरे पनि मछिन्द्रका विशाल श्रेष्ठले नियन्त्रणमा लिए । ३९ मिनेटमा रोहन कार्कीको उत्कृष्ट पासलाई अवयोमीले सुट गरे पनि विसाल श्रेष्ठले गोलपोष्ट भित्र जान दिएनन् । पहिलो हाफको अन्तिम मिनेटमा छिरिङ लामाको थ्रो अर्मान्डले फिनिसिङ दिन नसके पछि मध्यान्तर अघि लिग विजेता एक गोलले पछि प-यो ।

५२ मिनेटमा रोहन कार्कीको निकै राम्रो पासलाई अर्मान्डले पुस गर्न नसक्दा गोल गर्न चुके । ५५ मिनेटमा रोहनकै प्रहार क्रस बार बाट बाहिरिन पुग्यो । मध्यान्तर पछि नतिजा उल्टाउने रणनीतिका साथ मैदान उत्रिएको चर्च ब्वाइजले ५७ मिनेटमा खेललाई बराबरी गर्ने अवसर पाए पनि टिम क्याप्टेन एकराज बुढाथोकीको प्रहार मछिन्द्रका गोल किपर विशास श्रेष्ठले बचाए ।

६५ मिनेटमा दीपेश, अवयोमि हुँदै पेनाल्टी एरियामा अर्मान्डको खुट्टामा पुगेको बल सदुपयोग हुन सकेन । ६७ मिनेटमा रोहनको फ्री किक प्रहार क्याप्टेन एकराजको खरब टच बन्दा खेल बराबरी बनाउने अवसर गुम्यो । लगातार अवसर बनाइरहेको चर्च ब्वाइजले ७२ मिनेटमा अर्मान्डको प्रहार किपर विशालले टारिदिए भने ५ मिनेटमा रोहनको प्रहार फ्रेममा परेन । ७८ मिनेटमा छिरिङ लामाले टिमलाई बराबरी बनाए भने ८० मिनेटमा अग्रता बनाउने रोहनको प्रहार मेन बारबाट फर्किन पुग्यो ।

८४ मिनेटमा समीर तामाङको प्रहार किपरले रोक्दा ८६ मिनेटमा रोहनको प्रहार देवेन्द्र बाधक बन्न पुगे । समयको अन्तिम तिर एक गोलले पछि परेको चर्च ब्वाइजले खेलको थप पाँच मिनेटको अन्तिम समयमा समीरले गोल गर्दे खेललाई बराबरी बनाएका थिए ।

मध्यान्तर अघिको ४४ मिनेटमा अग्रता बनाएको मछिन्द्रले खेलको नौ मिनेटमा आदित्य शाक्यको डी बक्सभित्रको अवसरमा चर्च ब्वाइजका डिका बाधक बन्न पुगे । १० मिनेटमा लगातार तीन पटक थ्रो मार्फत पाएको अवसर चर्च ब्याइजका गोल किपर कृषल मोक्तानले पञ्च मार्फत फर्काइदिए । १६ मिनेटमा बिजु भुजेलले पाएको अवसरलाई सदुपयोग गर्न सकेनन् ।

१९ मिनेटमा विशाल घलानको प्रहार गोल पोस्ट माथिबाट बाहिरियो । २६ मिनेटमा बिजु भुजेलको प्रहार मनिस डाँगी चुक्न पुगे । ३० मिनेटमा दयानन्दको हेडमा रहेको बलले गोल पोस्ट देखेन । ३७ मिनेटमा बिजु भुजेलको थ्रो आदित्यले डबल किक प्रहार गरे पनि गोल पोस्ट माथिबाट दर्शकमाझ पुग्यो । ४४ मिनेटमा बिजुकै लामो थ्रो डिकाको हेड हुँदै जाली चुमेपछि मध्यान्तर अघि एक गोलले अग्रता रहयो । खेलको ४९ मिनेटमा बिजुकै थ्रोबाट अग्रता दोब्बर बनाउने अवसर डिकाको हेडमा पुगे पनि पोस्टमा भने पर्न सकेन ।

५६ मिनेटमा डी बक्स नजिकै बाट मनिसको प्रहार आकासिन पुग्यो । ५९ मिनेटमा छिरिङले बिजुलाई दिएको पास हेडबाट गोलपोस्टको दायाँबाट बाहिरिन पुग्यो । ६२ मिनेटमा मछिन्द्रको दोब्बर हुने अवसरका लागि बिजुको गोल गर्ने अवसरमा गोल किपर बाधक बने । ६८ मिनेटमा मनिस श्रेष्ठको प्रहार गोल पोस्ट माथिबाट दर्शकको भिडमा पुग्यो । ७१ मिनेटमा बिजुको लामो थ्रो गोल गर्ने अवसर भए पनि किपर कृषलले पञ्च गरिदिए ।

७८ मिनेटमा चर्च ब्वाइजले गोल गर्दे बराबरी बनाए पनि ८२ मिनेटमा टिमलाई अग्रता दिलाउने मनिसको निकै राम्रो प्रहार फितलो बन्न पुग्यो । ८७ मिनेटमा देवेन्द्रको फ्री कीक प्रहार गोल किपर कृषलले पञ्च गरे पनि सनिसले हेड मार्फत जाली चुमाउँदै टिमलाई अग्रता दिलाए ।

खेलको अन्तिम समयमा अग्रता बनाएको मछिन्द्रले थप पाँच मिनेटको अन्तिम मिनेटमा चर्च ब्वाइजले गोल गर्दै खेल बराबरी बन्न पुग्यो । निर्धारित समयमा खेल बराबरी भएपछि नतिजा ट्राई ब्रेकरबाट नतिजा लिइएको थियो ।

फिदिम र्स्पोटिङ क्लबको आयोजनामा भएको प्रतियोगिताको उत्कृष्ट गोलरक्षकमा चर्च ब्वाइजका क्रिशल मोक्ताङ, उत्कृष्ट डिफेन्डर मच्छिन्द्र क्लबका देबेन्द्र तामाङ, उत्कृष्ट मिडफिल्डर चर्च ब्वाइजका दिपेश गुरुङ, उत्कृष्ट फरर्वाड मच्छिन्द्रका बिजु भुजेल, उत्कृष्ट प्रशिक्षक चर्च ब्वाइजका सुमन श्रेष्ठ घोषित भए ।

उनीहरूले जनही रु १० हजार प्राप्त गरे । त्यस्तै, प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी चर्च ब्वाइजका समिर तामाङ घोषित भए एक थान इभि स्कुटर प्राप्त गरे भने उदीयमान खेलाडीका रूपमा आयोजक फिदिम र्स्पोटिङ क्लबका मनिष क्षेत्री घोषित भए । उनले नगद १० हजार प्राप्त गरे । प्रतियोगितामा ५ गोल गरेका मच्छिन्द्रका समिर तामाङ सर्वाधिक गोलकर्ता बन्दै नगद १५ हजार प्राप्त गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *