राष्ट्रपति रामचन्द्र पौडेलले स्थानीय तहको उपनिर्वाचनमा नेपाली सेना परिचालन गर्न स्वीकृति दिएका छन्। आगामी मंसिर १६ गते हुने उपनिर्वाचनलाई सुरक्षित, भयरहित, निष्पक्ष एवम् शान्तिपूर्ण रूपमा सम्पन्न गर्न मन्त्रिपरिषद्को सिफारिस अनुसार राष्ट्रपति पौडेलले स्वीकृति प्रदान गरेको राष्ट्रपति कार्यालयले जानकारी दिएकाे छ ।
राष्ट्रपति कार्यालयबाट जारी विज्ञप्तिमा मन्त्रिपरिषद्को मिति २०८१/८/६ को निर्णय बमोजिम उल्लेखित उपनिर्वाचनमा नेपाली सेना परिचालन गर्न नेपालको संविधानको धारा ६६ को उपधारा (२) बमोजिम स्वीकृति प्रदान गरेकाे उल्लेख छ ।