भौतिक संरचना र सवारी साधन तयारी अवस्थामा राख्नु : आयोग

अर्थ मुख्य समाचार राजनिति समाचार सुचना/प्रबिधि

निर्वाचन आयोगले चुनावका बेला प्रयोग गर्नुपर्ने भन्दै भौतिक संरचना र सवारी साधन तयारी अवस्थामा राख्न उपनिर्वाचन हुने स्थानीय तहहरुलाई निर्देशन दिएको छ ।

सोमबार बसेको आयोगको बैठकले सभागृह, अतिथिगृह, सवारी साधन, विद्युतीय उपकरणहरु मर्मत सम्भार गरी तयारी अवस्थामा राख्न निर्देशन दिएको आयोगले जनाएकाे छ ।

त्यस्तै आयोगले मतदान केन्द्र राखिएका ठाउँको संरक्षण र मर्मत सम्भार गर्न, त्यहाँ खानेपानी, शौचालय, विद्युत, सञ्चार आवजावतको वैकल्पिक मार्ग, सडक र पुल पुलेसा, तथा कम्पाउण्डको व्यवस्था गर्न पनि निर्देशन दिएको छ ।

मतदान केन्द्रलाई ज्येष्ठ नागरिक, महिला तथा अपाङ्गता मैत्री बनाउन यथासम्भव प्रयत्न गर्न पनि निर्वाचन आयोगले उपनिर्वाचन हुने स्थानीय तहलाई निर्देशन दिएको जनाएको छ ।

यही मङ्सिर १६ गते विभिन्न स्थानीय तहका ४४ मध्ये ४३ पदमा उपनिर्वाचन हुँदै छ भने एक जिसस प्रमुख निर्विरोध निर्वाचित भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *