राष्ट्रपति रामचन्द्र पौडेलले भूमिसम्बन्धी अध्यादेश जारी गरेका छन्। मन्त्रिपरिषद् बैठकले सिफारिस गरेको भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ लाई राष्ट्रपति पौडेलले बुधबार जारी गरेका हुन्।
नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा उक्त अध्यादेश जारी गरिएको राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले बताइन्।
बालेनको कटाक्ष– टुँडिखेल र खुल्लामञ्च पनि कार्यकर्तालाई दिने अध्यादेश पास भएछसरकारले ल्याएको अध्यादेशप्रति काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले कटाक्ष गरेका छन् ।सामाजिक सञ्जालमा एक स्टाटस राख्दै बालेन्द्रले खोला, टुँडिखेल, खुल्लामञ्च पनि आफ्ना कार्यकर्तालाई दिने अध्यादेश पास भएको भन्दै कटाक्ष गरेका हुन् ।
उनले भनेका छन् :
अब खोला मात्र हैन टुँडिखेल, खुल्लामन्च पनि आफ्नो कार्यकर्तालाई दिने अध्यादेश पास भएछ । बधाई छ सरकारमा रहेका कार्यकर्ताहरुलाई ।
