जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृतको जिम्मेवारी

मुख्य समाचार राजनिति समाचार सुचना/प्रबिधि

निर्वाचन आयोगले आगामी मंसिर १६ गते हुन लागेको उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत तोकेको छ । स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा ७ बमोजिम ३२ जना जिल्ला न्यायाधीशलाई सम्बन्धित स्थानीय तहको मुख्य निर्वाचन अधिकृत पदमा नियुक्त गरिएको छ ।

आयोगले छ जना राजपत्राङ्कित कर्मचारीलाई निर्वाचन अधिकृतको पदमा नियुक्त गरिएको जनाएको छ । नियुक्त भएका मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतले निर्धारित कार्यतालिकाअनुसार कात्तिक ३० गतेदेखि स्थानीय तहको केन्द्र तथा वडाको केन्द्र रहेको स्थानमा कार्यालय स्थापना गरी निर्वाचन व्यवस्थापनसम्बन्धी कार्यसम्पादन गर्ने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *