राहदानी भ्रष्टाचार प्रकरण: अख्तियारको अभियोगपत्रमा छैन आरजुको नाम

राहदानी छपाइ तथा प्रणाली व्यवस्थापनको ठेक्का प्रक्रियामा १० अर्ब रुपैयाँभन्दा बढीको भ्रष्टाचार भएको ठहर गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार विशेष अदालतमा मुद्दा दायर गरेको छ। यस प्रकरणमा पूर्वपरराष्ट्रमन्त्री डा. आरजु राणा देउवालाई पनि प्रतिवादी बनाइने चर्चा रहे पनि आयोगले हालका लागि उनीविरुद्धको उजुरी ‘मुलतबी’ मा राख्ने निर्णय गरेको छ। आयोगले अदालतमा दर्ता गरेको अभियोगपत्रमा […]

Continue Reading

रास्वपाको बन्दसत्र सर्‍यो

राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा) को प्रथम महाधिवेशनको बन्दसत्र सरेको छ ।  रास्वपाले अब बन्द सत्र भाेलि मङ्गलबार बिहान ७:00 बजेपछि सुरु हुने जनाएको छ । रास्वपाका महामन्त्री कविन्द्र बुर्लाकोटीका अनुसार बिहान ७ बजेपछि बन्द सत्र गर्ने गरी आजको बन्दसत्र स्थगित भएको हो । प्रतिनिधिहरु विरुद्धमा परेको उजुरीमाथिको छानबिनका लागि समय आवश्यक भएकाले बन्दसत्र सारिएको हो […]

Continue Reading

धुलिखेल–खावा खण्डमा पाँच दिन टिप्पर सन्चालनमा रोक

जिल्ला प्रशासन कार्यालय काभ्रेपलान्चोकले पाँच दिन अरनिको राजमार्गअन्तर्गत धुलिखेल–खावा सडक खण्डमा टिप्पर सन्चालनमा रोक लगाउने भएको छ । सोमबार प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीको अध्यक्षतामा बसेको बैठकले धुलिखेल खावा सडक खण्डको बाँकी काम गर्न एक लेन सडक बन्द गर्नुपर्ने भएकाले असार १४ देखि असार १८ गतेसम्म टिप्पर सन्चालनमा रोक लगाउने निर्णय गरेको हो। प्रमुख जिल्ला […]

Continue Reading

‘पत्रकारिता आचारसंहिता विपरित गतिविधि नगर्न आग्रह’

प्रेस काउन्सिल नेपालले पत्रकारिता आचारसंहिताको निरन्तर अनुगमनका क्रममा केही सञ्चारमाध्यम, पत्रकार तथा सामाजिक सञ्जाल प्रयोगकर्ताबाट पेशागत मर्यादा विपरितका गतिविधि बढ्दै गएको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। काउन्सिलद्वारा जारी प्रेस विज्ञप्तिमा पत्रकार परिचयपत्र वा अनुमति बिना विभिन्न कार्यालय, शैक्षिक संस्था तथा कार्यक्रमस्थलमा प्रवेश गरी अभद्र व्यवहार गर्ने, अनावश्यक विवाद सिर्जना गर्ने र त्यस्ता गतिविधिलाई सामाजिक […]

Continue Reading

राहदानी विभागका महानिर्देशक तीर्थराजसहित १६ जनाविरुद्ध दश अर्ब १३ करोडको मुद्दा

राहदानी विभागका महानिर्देशक तीर्थराज अर्यालसहित १६ जना दश अर्ब १३ करोड चार लाख ६१ हजार ४७७ रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता सुरेश न्यौपानेका अनुसार विभागका निर्देशक सुनिल कुमार केसी, तत्कालीन निर्देशक शत्रुध्वन प्रसाद शर्मा पोखरेल, तत्कालीन निर्देशक रविन्द्र राजभण्डारी, तत्कालीन लेखा अधिकृत तुलसी प्रसाद आचार्य, कम्प्युटर इन्जिनियर विपिन प्रसाई, […]

Continue Reading

हर्मुज फेरि बन्द

अमेरिकासँग आगामी चरणको वार्ताको तयारी चलिरहेका बेला इरानले हर्मुज जलमार्ग बन्द गरेको छ । इरानी सञ्चारमाध्यम मेहर न्युज एजेन्सीका अनुसार इस्लामिक रिभोलुसनरी गार्ड्स कोर्प्स (आईआरजीसी) ले शनिबार हर्मुज बन्द भएको घोषणा गरेको हो । इरान र अमेरिकाबीच गत बुधबार भएको सम्झौतामा ६० दिनको अवधिका लागि हर्मुज जलमार्गलाई शुल्करहित र खुला राख्ने उल्लेख थियो । ६० दिनभित्र नयाँ विस्तृत […]

Continue Reading

फिफा विश्वकप : साउदीलाई ४-० ले हराउँदै स्पेन शीर्षमा

फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एच’ को खेलमा स्पेनले साउदी अरेबियामाथि ४-० को फराकिलो जित निकालेको छ। एटलान्टा स्टेडियममा सम्पन्न खेलमा स्पेनले उत्कृष्ट प्रदर्शन गर्दै नकआउट चरणको सम्भावना बलियो बनाएको छ। खेलको १०औँ मिनेटमा लामिन यामालले गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए। यो गोलसँगै उनी विश्वकपको इतिहासमा गोल गर्ने आठौँ कान्छो (१८ वर्ष ३४३ […]

Continue Reading

हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको तयारी

लामो समयदेखि बन्द अवस्थामा रहेको हेटौँडा कपडा उद्योगलाई पुनः सञ्चालनमा ल्याउने सरकारको तयारीसँगै सरकारी निकायबाट यसको स्थलगत अनुमगनसँगै सक्रियता बढाइएको छ। हेटौँडा औद्योगिक क्षेत्रभित्र २०३२ सालमा स्थापना भएर २०३५ देखि सञ्चालित हेटौँडा कपडा उद्योग २०५७ सालदेखि बन्द भएको थियो। त्यसयता उक्त कपडा उद्योग पुनः सञ्चालनमा ल्याउन पटकपटक प्रयास भए पनि प्रयासले सार्थकता पाउन सकेको थिएन। […]

Continue Reading

फिफा विश्वकप : इजिप्टविरुद्ध न्युजील्यान्डको सुरुवाती अग्रता

फिफा विश्वकप २०२६ अन्तर्गत  अहिले  भइरहेको खेलमा न्युजील्यान्डले इजिप्टविरुद्ध सुरुवाती अग्रता लिएको छ। समूह जी को उक्त खेलको १५ औं मिनेटमा फिन सरमनले पहिलो गोल गर्दै न्युजील्यान्डलाई सुरुवाती अग्रता दिलाएको हुन्।

Continue Reading

सम्बन्धविच्छेदको कानुन परिमार्जन प्रस्ताव

सम्बन्धविच्छेदका लागि अदालतमा मुद्दा दायर भई मेलमिलाप हुन नसकेमा एक वर्षपछि सम्बन्धविच्छेदको प्रक्रियामा जानुपर्ने कानुन परिमार्जनको प्रस्ताव गरिएको छ । सम्बन्धविच्छेदको प्रावधानमा महिला र पुरुषलाई समान हक प्रत्याभूत गर्ने भन्दै मुलुकी देवानीसंहिता ऐनको व्यवस्था संशोधन प्रस्ताव गरिएको हो । विधायन सम्बन्धी ऐन, २०८१ को दफा ६ को व्यवस्था कार्यान्वयनका लागि कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयले मसौदा […]

Continue Reading