मौसम बिग्रिएका बेला फेवातालमा डुङ्गा चलाउन रोक

जिल्ला प्रशासन कार्यालय कास्कीले फेवातालमा डुङ्गा दुर्घटना बढेपछि मौसम बिग्रिएका बेला डुङ्गा चलाउन रोक लगाएको छ । प्रशासनले आज बिहीबार सूचना जारी गरी डुङ्गा, कायाकिङ र सर्फिङ (राफ्टिङ-बोटिङ) सञ्चालन गर्ने व्यवसायी तथा सरोकारवालालाई सुरक्षा मापदण्ड कडाइका साथ पालना गर्न निर्देशन दिएको हो । तालमा मङ्गलबार पौडी खेल्ने क्रममा एक युवकको डुबेर मृत्यु भएको थियो भने […]

Continue Reading

तराईमा शनिबारसम्म तातो हावाको सम्भावना

जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले तराई भूभागमा शनिबारसम्म तातो लहरको सम्भावना रहेको बताएको छ । महाशाखाले अहिले बिहीबार साँझ जारी गरेको मौसम पूर्वानुमान बुलेटिन अनुसार शुक्रबार र शनिबार पनि लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागमा तातो लहरको सम्भावना रहेको बताएको हो । हाल कोशी, मधेस र बागमती प्रदेशको सम्पूर्ण भूभाग तथा गण्डकी […]

Continue Reading

भेनेजुएलामा ७.५ म्याग्निच्युडको शक्तिशाली भूकम्प, तेल प्रशोधन केन्द्रसमेत प्रभावित

भेनेजुएलाको उत्तरी तटीय क्षेत्रलाई केन्द्रविन्दु बनाएर बुधबार विनाशकारी महाभूकम्प गएको छ। भूकम्पका कारण राजधानी काराकासका कैयौँ भवनहरू भत्किएका छन् भने देशकै ठूला रिफाइनरी (तेल प्रशोधन केन्द्र) हरू रहेका क्षेत्रहरूमा समेत तीव्र झट्का महसुस गरिएको छ। अमेरिकी भूगर्भ सर्वेक्षण (USGS) का अनुसार देशका विभिन्न राज्यहरूमा केही सेकेन्डको अन्तरालमा दुईवटा ठूला भूकम्प गएका थिए। पहिले ७.२ म्याग्निच्युडको […]

Continue Reading

विश्वकप चलिरहँदा फिफाले गर्‍यो नेपाललाई प्रतिबन्ध

अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले अखिल नेपाल फुटबल संघ (एन्फा) माथि प्रतिबन्ध लगाउने निर्णय गरेको छ । बुधबार फिफाको ब्युरो अफ द काउन्सिलले विधानको धारा १६ बमोजिम नेपाललाई अर्को सूचना नआएसम्मका लागि  प्रतिबन्ध लगाउने निर्णय गरेको हो। नेपाललाई फिफाले पहिलो पटक प्रतिबन्ध लगाएको हो। तेस्रो पक्षको हस्तक्षेपलाई कारण देखाएर फिफाले नेपाललाई प्रतिबन्ध लगाएको छ। २४ जुन […]

Continue Reading

समूह ए को विजेताको रुपमा मेक्सिको र उपविजेता बन्दै दक्षिण अफ्रिका नकआउटमा

फिफा विश्वकप २०२६ को समूह ए को खेल सकिएको छ। समूह ए को विजेताको रुपमा मेक्सिकोले नकआउट खेल्नेछ। मेक्सिको सिटी स्टेडियममा भएको खेलमा मेक्सिकोले चेक रिपब्लिकलाई ३–० ले हराएको हो। पहिलो हाफ गोलरहित बराबरीमा सकिँदा मेक्सिकोले दोस्रो हाफमा नै निर्णायक गोल निकाल्यो। मेक्सिकोको लागि खेलको ५५ औं मिनेटमा मातेओ चाभेजले गोल गरेका हुन्। ६१ औं […]

Continue Reading

मोबाइलबाटै ऋणदेखि स्मार्ट बैंकिङसम्म

केही वर्षअघि बैंकिङ सेवा भनेको शाखामा लाइन बस्ने, फाराम भर्ने र दिनभर प्रक्रिया कुर्ने विषय थियो । तर अहिले नेपालको वित्तीय क्षेत्र तीव्र डिजिटल रूपान्तरणको चरणमा आइपुगेको छ । मोबाइल बैंकिङ, क्युआर भुक्तानी, डिजिटल वालेट, अनलाइन रेमिट्यान्स र विद्युतीय कारोबारले वित्तीय सेवाको स्वरूप नै बदल्न थालेको छ । राष्ट्र बैंकको नयाँ व्यवस्थाले खोल्यो डिजिटल वित्तीय […]

Continue Reading

आफ्नै चलचित्रको टिकट किनेर दर्शक खोज्न बाध्य निर्माता

अभिनेता जितु नेपाल यस पटक चलचित्र निर्माता बनेका छन् । उनको नयाँ चलचित्र ‘आई एम जीतबहादुर’ आज शुक्रवारबाट चलचित्र घरहरूमा रिलिज भएको छ । विश्वकप फुटबल खेल चलिरहेको बेला चलचित्र ‘आई एम जीतबहादुर’को बुकिङमा सोचे अनुसारको उत्साह देखिएको छैन । यसै बिच यो चलचित्रका वितरकले विश्वकप फुटबललाई कारण देखाउँदै चलचित्र ‘आई एम जीतबहादुर’को केही दिन […]

Continue Reading

‘बर्थ डे’ सँघारमा मेस्सीको कीर्तिमानी रात

विश्व फुटबलका महान् सर्वकालीन खेलाडी लियोन मेस्सीले आफ्नो नाममा अर्को अविस्मरणीय अध्याय थपेका छन् । ‘फिफा विश्वकप २०२६’को समूह चरणअन्तर्गत अस्ट्रियाविरुद्धको खेलमा कप्तान मेस्सीले दुई गोल गरेपछि साविक विजेता अर्जेन्टिनाले २–० को महइभ्वपूर्ण जित निकाल्दै ‘नकआउट’ चरण अर्थात् ‘अन्तिम ३२’मा स्थान सुरक्षित गरेको छ । मेस्सीको यही प्रदर्शनले उनलाई विश्वकप इतिहासकै सर्वाधिक गोलकर्ता बनाएको छ […]

Continue Reading

तराईमा तातो लहर, पहाडमा तातो दिन

 हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र, गण्डकी प्रदेशका केही तथा लुम्बिनी प्रदेशको पूर्वी तराईका केही स्थानमा मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अन्य क्षेत्रमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । हाल कोशी प्रदेशमा साधारणतया बदली रहेको छ भने मधेश, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र […]

Continue Reading

युरोपमा तातो हावाले जनजीवन प्रभावित, फ्रान्समा पौडी खेल्न गएका कम्तिमा ४० जनाको डुबेर मृत्यु

युरोपका धेरै देशमा गर्मी अति बढेर तातो हावा चलेपछि सतर्क रहन रेड वार्निङ (चेतावनी)  जारी गरिएको छ । अत्यधिक गर्मीले स्वास्थ्यमा नकारात्मक प्रभावहरु निम्तनसक्ने अवस्थामा रेड वार्निङ जारी गर्ने गरिन्छ ।  युरोपका कतिपय देशमा गर्मी ४० डिग्री सेल्सियसभन्दा माथि पुगेको छ । फ्रान्सका कतिपय स्थानमा मंगलबार ४३ डिग्री सेल्सियसभन्दा बढी थियो । बेलायत सरकारले बुधबार […]

Continue Reading