‘बर्थ डे’ सँघारमा मेस्सीको कीर्तिमानी रात

अन्तराष्ट्रिय अर्थ मनराेञ्जन मुख्य समाचार शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि स्वास्थ्य

विश्व फुटबलका महान् सर्वकालीन खेलाडी लियोन मेस्सीले आफ्नो नाममा अर्को अविस्मरणीय अध्याय थपेका छन् । ‘फिफा विश्वकप २०२६’को समूह चरणअन्तर्गत अस्ट्रियाविरुद्धको खेलमा कप्तान मेस्सीले दुई गोल गरेपछि साविक विजेता अर्जेन्टिनाले २–० को महइभ्वपूर्ण जित निकाल्दै ‘नकआउट’ चरण अर्थात् ‘अन्तिम ३२’मा स्थान सुरक्षित गरेको छ । मेस्सीको यही प्रदर्शनले उनलाई विश्वकप इतिहासकै सर्वाधिक गोलकर्ता बनाएको छ ।

सर्वाधिक गोलकर्ताको कीर्तिमान, ‘अन्तिम ३२’मा अर्जेन्टिना

अमेरिकाको टेक्सासस्थित अर्लिङ्टनको एटी एन्ड टी रंगशालामा भएको यो खेल सुरुदेखि नै विशेष अपेक्षासहित हेरिएको थियो । कारण थियो– मेस्सी विश्वकप गोलको पुरानो कीर्तिमान तोड्ने स“घारमा थिए । जर्मनीका मिरोस्लाभ क्लोसको नाममा रहेको पुरुष विश्वकपको १६ गोलको कीर्तिमानसँग बराबरीमा रहेका मेस्सीलाई इतिहास बनाउन एक गोलमात्रै आवश्यक थियो । अन्ततः उनले दुई गोल गर्दै कीर्तिमान अझ फराकिलो बनाएका छन् ।

खेल सुरुवात अर्जेन्टिनाका लागि केही तनावपूर्ण रह्यो । अस्ट्रियाले रक्षात्मक रणनीति अपनाउँदै अर्जेन्टिनाका स्टार खेलाडीलाई खुला ठाउँ दिन चाहेन । बल नियन्त्रणमा अर्जेन्टिना केही अगाडि देखिए पनि अस्ट्रियाले आफ्नो संरचना बलियो राख्यो । मेस्सीलाई रोक्न अस्ट्रियाका डिफेन्डर निकै सतर्क देखिन्थे ।

खेल सुरुवाती चरणमै अर्जेन्टिनाले पेनाल्टी अवसर पायो । समर्थक मेस्सीले त्यही क्षण इतिहास बनाउने अपेक्षामा थिए । तर, मेस्सीको प्रहार लक्ष्यमा जान सकेन । लामो समयपछि ठूलो अवसर गुमाएका मेस्सी निराश देखिए पनि उनको आत्मविश्वास भने घटेन । यही असफलतापछि उनले देखाएको प्रतिक्रिया नै खेलको सबैभन्दा ठूलो कथा बन्न पुगेको छ ।

पहिलो हाफको ३८औं मिनेटमा मेस्सीले आफ्नो वास्तविक क्षमता देखाए । अर्जेन्टिनाको आक्रमणलाई उत्कृष्ट तरिकाले अघि बढाउँदै उनले प्राप्त अवसर शान्त दिमागले गोलमा परिणत गरे । त्यो गोलसँगै उनले विश्वकप इतिहासमा पुरुषतर्फ सर्वाधिक गोल गर्ने खेलाडीको कीर्तिमान आफ्नो नाममा लेखाए । त्यसपछि खेल अझ रोमाञ्चक बन्यो । अग्रता लिएको अर्जेन्टिनाले खेल नियन्त्रणमा राख्न खोज्यो भने अस्ट्रियाले बराबरी गोल फर्काउने प्रयास ग¥यो । अस्ट्रियाका खेलाडीले शारीरिक खेल र तीव्र दबाबमार्फत अर्जेन्टिनालाई समस्या दिन खोजे । तर, अर्जेन्टिनाको रक्षापंक्ति र गोलरक्षक एमिलियानो मार्टिनेजले अस्ट्रियाका प्रयास रोकिरहे ।

यो जितसँगै अर्जेन्टिनाले विश्वकप उपाधि रक्षा अभियान अझ बलियो बनाएको छ । ‘कतार विश्वकप २०२२’को विजेता टोली अहिले फेरि एकपटक उपाधिको दाबेदारका रूपमा देखिएको छ । यस यात्राको सबैभन्दा ठूलो आकर्षण भने मेस्सी नै बनेका छन् ।

दोस्रो हाफमा अर्जेन्टिनाले थप अवसर सिर्जना गर्यो । प्रशिक्षक लियोनेल स्कालोनीको टोलीले अनुभव र धैर्य देखाउँदै खेललाई आफ्नो नियन्त्रणमा राख्यो । अस्ट्रियाले पनि हार मानेन र केही राम्रो आक्रमण बनायो, तर गोल गर्ने निर्णायक क्षण उसले पाउन सकेन ।

खेलको अतिरिक्त समयसम्म पुग्दा पनि नतिजा १–० नै थियो । तर, अन्तिम क्षणमा फेरि मेस्सीले आफ्नो जादु देखाए । ९५औं मिनेटमा उनले व्यक्तिगत दोस्रो गोल गर्दै अर्जेन्टिनाको जित पक्का गरे । यससँगै उनको विश्वकप गोल संख्या १८ पुगेको छ र उनी इतिहासकै शीर्ष स्थानमा पुगेका छन् । यस खेलमा अर्जेन्टिनाका दुवै गोल मेस्सीको नाममा रहे । पहिलो गोल ३८औं मिनेटमा र दोस्रो गोल ९० मिनेटपछि थपिएको अतिरिक्त समयमा ९५औं मिनेटमा आएको थियो । एकै खेलमा दुई गोल गर्दै मेस्सीले टोलीलाई जित मात्र दिलाएनन्, आफ्नो व्यक्तिगत विरासतलाई पनि अझ बलियो बनाए ।

खेलको अनुशासन पक्षमा पनि केही घटना भए भए । अर्जेन्टिनाका फाकुन्डो मेडिनाले ७६औं मिनेटमा पहेँलो कार्ड पाए । लिआन्द्रो पाराडेसले अतिरिक्त समयतर्फ ९२औं र ९३औं मिनेटमा लगातार दुई पहेँलो कार्ड पाए । अस्ट्रियातर्फ स्टेफान पोस्चले ४०औं मिनेटमा पहेँलो कार्ड पाए भने कोनराड लाइमरले ७६औं मिनेटमा कार्ड खाए । खेलको मुख्य रेफ्री इजिप्टका अमिन मोहम्मद उमर थिए । उनको नेतृत्वमा भएको खेलमा अर्जेन्टिनाले अनुशासित प्रदर्शन गर्दै महइभ्वपूर्ण ३ अंक हात पा¥यो । खेल अमेरिकाको टेक्सासस्थित अर्लिङ्टनमा रहेको एटी एन्ड टी रंगशालामा आयोजना गरिएको थियो ।

यो जितसँगै अर्जेन्टिनाले विश्वकप उपाधि रक्षा अभियान अझ बलियो बनाएको छ । ‘कतार विश्वकप २०२२’को विजेता टोली अहिले फेरि एकपटक उपाधिको दाबेदारका रूपमा देखिएको छ । यस यात्राको सबैभन्दा ठूलो आकर्षण भने मेस्सी नै बनेका छन् । उमेर, दबाब र अपेक्षाबीच पनि उनले प्रमाणित गरेका छन् कि ठूलो मञ्चमा निर्णायक बन्ने क्षमता अझै उनमा जीवित छ ।

मेस्सीका लागि यो दुई गोलको खेल थिएन । यो विश्व फुटबलको इतिहासमा आफ्नो स्थान अझ माथि पु¥याउने रात थियो । एउटा पेनाल्टी गुमाएको केही समयपछि नै दुई गोल गरेर खेल बदल्ने क्षमता देखाउँदै उनले फेरि ‘महान् खेलाडीहरू असफलतापछि अझ बलियो भएर फर्किन्छन्’ भन्ने प्रमाणित गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *