रास्वपा नेता तथा योजना आयोगका पूर्वसदस्य पाँडे पक्राउ

राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्य तथा राष्ट्रिय योजना आयोगका पूर्वसदस्य अरनिको पाँडेलाई प्रहरीले पक्राउ गरेको छ । एक महिलाले दिएको उजुरीका आधारमा बुधबार पाँडेलाई नेपाल प्रहरीको साइबर ब्युरोले पक्राउ गरेको हो । उनलाई उजुरी परेको विषयमा बुझ्नुपर्ने भनी साइबर ब्युरोमा प्रहरीले बोलाएको थियो । त्यहि उपस्थित भएका पाँडेलाई प्रहरीले पक्राउ गरेको हो । उनलाई बिहीबार […]

Continue Reading

सरकारको चेतावनि : ७ दिनभित्र सामाजिक सञ्जाल दर्ता गर्नु

सरकारले फेसबुक, टिकटक, एक्स (ट्विटर) लगायतका सामाजिक सञ्जाल सञ्चालकहरूलाई नेपालमा दर्ता हुन ७ दिनको अन्तिम म्याद (अल्टिमेटम) दिएको छ।गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकले तोकिएको समयभित्र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सूचीकृत नहुने सामाजिक सञ्जाललाई नेपालभित्र क्रमशः बन्द (निष्क्रिय) गर्दै जाने निर्णय गरेको हो। ‘सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने निर्देशिका, २०८०’ तथा सर्वोच्च अदालतको आदेशबमोजिम सञ्चालकहरूलाई […]

Continue Reading

मिथिला क्षेत्रमा आज चौरचन पर्व मनाइँदै

मिथिला क्षेत्रमा आज चन्द्रमाको पूजा गरी चौरचन पर्व मनाइँदैछ । श्रद्धा र आस्थाको पर्वका रुपमा मानिएको चौरचनमा आज राति चन्द्रमाको पूजा गरिन्छ । पर्वलाई मिथिलाञ्चलको गाउँबस्तीमा चौरचनपर्वको नामले पनि प्रख्यात छ । कुनै ठाउँमा यस पर्वलाई चौठचन्द्र पर्व भनेर पनि सम्बोधन गरिन्छ । संस्कृतिविद् ध्रुव राय पर्वका अवसरमा परिवारका सदस्यहरु जमघट हुने र एकैसाथ खाना […]

Continue Reading

पशुपतिनाथ मन्दिरमा बिहान ३ बजेदेखि चारवटै ढोका खुला

हरितालिका (तीज) पर्वमा पशुपतिनाथको दर्शन गर्न आउने भक्तजनका लागि मूल मन्दिरका चार ढोका बिहान ३:०० बजेदेखि खोलिएकाे पशुपति क्षेत्र विकास कोषले जनाएको छ । तीजका अवसरमा भगवान् श्रीपशुपतिनाथको दर्शनार्थी , भक्तजन एवं विशेषगरी हिन्दू नारीहरुलाई सहज रुपमा दर्शन गर्न पाउने व्यवस्थाका लागि पशुपतिनाथका चार ढोका बिहान ३ः०० बजेदेखि नै चार ढोका खुला भएकाे  कोषका निमित्त सदस्य […]

Continue Reading

निराहार व्रतले स्वास्थ्यमा प्रतिकूल असर

नेपाली महिलाको महान् चाड तिज व्रतमा केही नखाई (निराहार) बस्दा स्वास्थ्यमा प्रतिकूल असर पर्नेतर्फ सचेत गराइएको छ । तिजमा महिलाहरू पानीसमेत नपिएर पतिको दीर्घायुका लागि व्रत बस्ने गर्छन् । निराहार व्रतले स्वास्थ्यमा प्रतिकूल असर गर्छ भन्दै चिकित्सकले सचेत गराएका छन् । वरिष्ठ चिकित्सक लोचन कार्कीले दरमा अत्यधिक खाना खाने र अर्को दिन केही नखाई निराहार व्रत बस्दा स्वास्थ्यमा […]

Continue Reading

आज हरितालिका तीज, महादेवको पूजाआराधना गरी मनाइँदै

आज भाद्र शुक्ल तृतीयाका दिन हिन्दु महिलाहरू हरितालिका तीज पर्व मनाउँदै छन्। यो दिन देवादिदेव महादेवको पूजाआराधना गरी व्रत बस्ने परम्परा रहिआएको छ। आजको दिन पशुपतिनाथ लगायत देशभरका शिवालयहरूमा भक्तजनहरूको घुइँचो लाग्ने गर्दछ । आजको विशेष दिनलाई ध्यानमा राखेर भक्तजनहरूको सहजताका लागि पशुपतिनाथका चारै ढोका बिहान ३ बजे बाटै खुल्ला गरिएको छ । शास्त्रअनुसार भाद्र […]

Continue Reading

इन्द्रजात्राको साइत सार्वजनिक

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको इन्द्रजात्राको साइत सार्वजनिक गरेको छ । समितिले धर्मशास्त्र, ज्योतिष, संस्कृतिलगायत क्षेत्रका विज्ञहरुसँगको बैठकपछि साइत सार्वजनिक गरेको हो । समितिले निकालेको साइत संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा पठाइएको छ । विगतमा समितिकै पदाधिकारीले प्रमाणित गरेर सम्बन्धित निकायलाई साइत पठाउने गरिएकामा यस वर्ष भने गत असार २३ गतेदेखि समिति […]

Continue Reading

तीजको तयारीः पशुपतिनाथमा बाहिर चार लाइन, भित्र आठ

पशुपति क्षेत्र विकास कोषले हरितालिका (तीज) का व्रतालु महिलाका लागि पशुपतिनाथ मन्दिर बाहिरी क्षेत्रमा चार लाइन तथा भित्री क्षेत्रमा आठ लाइनमा बस्ने गरी व्यवस्था मिलाउने भएको छ। पशुपति क्षेत्रमा तीजको तयारीका बारेमा जानकारी दिन कोषले  आयोजना गरेको पत्रकार सम्मेलनमा कोषका निमित्त सदस्यसचिव सुभाषचन्द्र जोशीले चर्को घाममा लामो समय लाइनमा बस्न असहज हुने भएकाले एकदेखि डेढ […]

Continue Reading

नवीन साझेदारीमा नेपाल र भियतनाम

उपराष्ट्रपति रामसहायप्रसाद यादव र समाजवादी गणतन्त्र भियतनामका उपराष्ट्रपति भो थी आन सुआनबिच हवाईसेवा, लगानी एवं सूचना प्रविधिसहितका विषयमा द्विपक्षीय साझेदारी गर्ने सन्दर्भमा परामर्श भएको छ । उपराष्ट्रपति यादव र तीनदिने औपचारिक भ्रमणमा आएकी भियतनामका उपराष्ट्रपति सुआनबिच आइतबार सम्पन्न प्रतिनिधि मण्डलस्तरीय भेटवार्तामा दुवै देशबिच नवीन साझेदारीको अध्याय प्रारम्भ गर्ने समझदारी भएको हो । परराष्ट्र मन्त्रालयका सहसचिव […]

Continue Reading

जङ्गली जनावरको व्यावसायिक पालन

आर्थिक रूपमा लाभ लिन व्यावसायिक रूपमा र सोखका लागि जङ्गली जनावर घरमा पाल्ने क्रम बढ्दै गएको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण नियमावली–२०३० को नियम ३६८ मा टेकेर उक्त मापदण्ड पास गरेपछि जङ्गली जनावर घरमै ल्याएर पाल्ने गरिएको हो । कानुनी रूपमा २६ थरीका वन्यजन्तु व्यावसायिक रूपमा घरमै पाल्न सकिने भए पनि थोरै मात्र फर्मले अनुमति […]

Continue Reading