रास्वपा नेता तथा योजना आयोगका पूर्वसदस्य पाँडे पक्राउ

अर्थ मनराेञ्जन मुख्य समाचार शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि

राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्य तथा राष्ट्रिय योजना आयोगका पूर्वसदस्य अरनिको पाँडेलाई प्रहरीले पक्राउ गरेको छ । एक महिलाले दिएको उजुरीका आधारमा बुधबार पाँडेलाई नेपाल प्रहरीको साइबर ब्युरोले पक्राउ गरेको हो ।

उनलाई उजुरी परेको विषयमा बुझ्नुपर्ने भनी साइबर ब्युरोमा प्रहरीले बोलाएको थियो । त्यहि उपस्थित भएका पाँडेलाई प्रहरीले पक्राउ गरेको हो । उनलाई बिहीबार म्याद थपका लागि अदालतमा उपस्थित गराउने तयारी प्रहरीको छ ।

पाँडे रास्वपा सरकारमा सहभागी भएका बेला राष्ट्रिय योजना आयोगको सदस्य बनेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *