“रामको पवित्र जन्मभूूमि नेपाल होः प्रधानमन्त्री

अन्तराष्ट्रिय अर्थ मुख्य समाचार राजनिति शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि

“रामको पवित्र जन्मभूूमि नेपाल हो भनेर भन्न हामी किन सक्दैनौँ ? साँचो बोल्दा को रिसाउँछ जस्तो गर्छौ भने हामीले केगरी खान्छौँ ?’’ प्रधानमन्त्री के.पीओलीले भनेका छन । काठमाण्डाैमा एक कार्यक्रममा उनले , “विश्वामित्रले वाल्मीकिलाई हाम्रै कोशीपारी चतरा गाउँमा शिक्षा दिएका हुन् । राम–लक्ष्मणले अश्वमेघ घोडा यही भूमिमा छाडेका हुन् । दशरथ यहीँका हुन् । यही कुराहरु मैले भनेको होइन, ग्रन्थहरुमै उल्लेख छ । यस्ता विषयवस्तुलाई प्रचार गर्दा कुनै राजनीतिक दाउपेचको विषय बनाउनु पर्दैन ।’’

प्रधानमन्त्री ओलीले ज्ञानको भूमि भएको, उर्बरभूमि रहेको, विद्वान पूर्खा भएको र पौरखी जनता भएको नेपाल विकसित नहुनु पर्ने कारण आफूले बुझ्न नसकेको बताउँदै दुनियाँमा काम गर्ने जाति भनेर चिनिएको देशको नेपालीले देश बनाउन बाह्य सहयोगको भर नपरी आफ्नै पौरख गर्न लाग्नुपर्ने बताए  ।

उनले अगाडी भने “हामीले विश्वलाई भन्न सक्नुुपर्छ– बेस्सरी पैसा कमाएर मात्र हुँदैन, वास्तविक जिन्दगी जिउनु पर्छ । साँच्चैको हिमाल कस्तो हुुन्छ हेर्नुपर्छ । त्यहाँको चिसो कस्तो हुन्छ, थाहा पाउनुपर्छ हामीले विश्वलाई भन्न सक्नुुपर्छ, हात्ती चढेर गैँडा हेर्दा थाहा हुन्छ । त्यकारण नेपाल भ्रमण गरौँ ।’’

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *