सुर्खेत विमानस्थलको धावनमार्ग (रनवे) मा जमिनमुनीबाट पानी निस्किएपछि शनिबारसम्मका लागि उडान बन्द गरिएको छ । सुर्खेत नागरिक उड्डयन कार्यालयका अनुसार उत्तरतर्फ रहेको धावनमार्गमा एकाएक खाल्डो परेपछि मंगलबारदेखि उडान बन्द गरेर मर्मत थालिएको थियो ।
रनवेको खाल्डो पुर्ने काम भइरहेको बेला सोही दिन पुनः नजिकै जमिनमुनिबाट पानी निस्किन थालेपछि शनिबारसम्मका लागि उडान बन्द गर्नुपरेको कार्यालयले जनाएको छ ।
‘पानी निस्किएसँगै बिमानस्थल बन्द गरिएको छ, शनिबारसम्म सबै काम सक्नेगरी काम भइरहेको छ,’ कार्यालयका प्रमुख हिराजन काफ्लेले भने, अहिले पानी देखिएको स्थानलाई पुर्ने काम भएपनि अनुसन्धानबिना के कारणले पानी देखिएको भन्न गाह्रो हुन्छ, भास्सिएको छ, माथितिर डाँडाकाँडा र ’round खोला पनि छन् । तल सतहमा पानी रहेछ, खोतल्दा त्यो देखियो ।’
