कमजोर बन्दैछ मनसुनी वायु, केहीदिन फाट्टफुट्ट वर्षा

अर्थ मुख्य समाचार शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि स्वास्थ्य

नेपाल मौसम विज्ञान विभागका अनुसार यो वर्षको मनसुनी वायु कमजोर हुँदै गएको छ । ३ अक्टोबर अर्थात् असोज १७ गतेदेखि नेपालको पश्चिमी भूभागबाट यस वर्षको मनसुन बाहिरिन सुरु भएको छ ।

सामान्यतया मनसुन नेपालमा सरदर जुन १३ मा प्रवेश गर्दछ र अक्टोबर २ मा बाहिरिने गर्दछ । यस वर्ष नेपालमा करिब ६ दिन ढिला अर्थात् जुन १९ मा मनसुन प्रवेश गरेको थियो । प्रशान्त महासागरमा विकसित एलनिनोका कारण मनसुन आगमनमा प्रभाव परेको मौसम विज्ञहरुको भनाइ छ । समुद्रमा हुने तापक्रमको थपघटले विकसित हुने ‘एलनिनो’ को प्रभाव विश्वभर नै पर्ने गर्दछ ।

विगतका केही वर्षमा पनि एलनिनो प्रभावले मनसुन आगमन ढिलो भएको थियो । विभागका अनुसार सन् १९७२ जुन १८, १९८२ जुन २७, १९८३ जुन २४, १९८७ जुन १४, १९९२ जुन २१, १९९७ जुन १४, २००२ जुन १५, २००९ जुन २३, २०१६ जुन १५, २०१९ जुन २०, २०२३ जुन १४ मा मनसुन भित्रिएको थियो ।

यस वर्षको मनसुनमा देशभर सरदरभन्दा कम वर्षा हुने पूर्वानुमान गरिएको थियो । यो मनसुन अवधिमा मनसुनको अन्तिम महिनामा बङ्गालको खाडीमा विकसित न्यून चापीय क्षेत्रको प्रभाव पर्‍यो ।

नेपाल मौसम विज्ञान विभागका प्रवक्ता एवम् मौसमविद् विभूति पोखरेलले मनसुन सुरु हुनुपूर्व एलनिनो प्रभावका कारण सरदरभन्दा कम वर्षा हुने पूर्वानुमान गरिएको बताइन  । यद्यपि, नेपालबाट मनसुन बाहिरिने क्रम सुरु भएको आजको दिनससम्म कति वर्षा भयो भन्ने यकिन विवरण आउन बाँकी रहेको उनिकाे भनाइ छ ।

प्रवक्ता पोखरेल भनिन , “एलनिनो प्रभावका कारण सामान्यतया साउथ एसियामा मनसुनको प्रभाव कम हुने र वर्षा कम हुने भन्ने पूर्वानुमान सुरुमै निकालेका हौं । पछिल्लो समय बङ्गालको खाडीमा विकसित नयाँ प्रणाली ‘डिप्रसन’ सक्रिय भयो । समग्रमा मनसुनकै कारणबाट हुने वर्षा कम भएता पनि लगातार वर्षा भयो र धेरैजसो पहाडी भूभागहरुमा बाढीपहिरो गयो ।” सबै क्षेत्रको तथ्याङ्क उपलब्ध भएपछि मात्रै मनसुनमा कति वर्षा भयो भनेर ठोकुवा गर्न मिल्ने उनिको भनाइ छ ।

न्यून चापीय प्रभाव

बङ्गालको खाडीका विकसित नयाँ प्रणालीको प्रभावका कारण नेपालमा असोज ९ देखि ११ गतेसम्म देशका अधिकांश भूभागमा हावाहुरी मेघगर्जन चट्याङसहित भारी वर्षा भयो । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बाढी, पहिरो, अविरल वर्षा, हावाहुरी, हिमपातका घटनाहरु असोज ९ गते २४ वटा, असोज १० गते १२६ वटा, असोज ११ गते १४७ वटा र असोज १२ गते २४३ वटा घटना घटेका छन् ।

कमजोर हुँदै मनसुन 

उनिले यो वर्षको मनसुनी वायु कमजोर हुँदैगएको बताउदै भनिन  “२०८३ असोज १७ गते, ३ अक्टोबरका दि यो वर्षको मनसुन नेपालको सुदूरपश्चिम प्रदेश, कर्णाली, लुम्बिनी प्रदेशको पश्चिमी भूभागका धेरै स्थानबाट र गण्डकी प्रदेशको पश्चिमी भूभागका थोरै स्थनबाट बाहिरिएको छ । अब अरु स्थानमा पनि मनसुनी वायु कमजोर हुँदै गइरहेको छ । नेपालको बाँकी भूभागबाट पनि केही दिनमा मनसुन बाहिरिने सम्भावना बढी छ ।”

दसैँमा कस्तो रहला मौसम

उनिले दसैँसम्मका नेपालबाट पूर्णरुपमा मनसुन बाहिरिने सम्भावना बढी रहेको र मौसम मुख्यतया सफा रहने पूर्वानुमान रहेको बताउदै भनिन  “मनसुनको हिसाबले कुरा गर्दा अब ठुलो वर्षा हुने सम्भावना देखिँदैन । पश्चिमी वायुको हल्का प्रभाव हुने र सामान्यतया, त्यसले ठुलो विध्वंश मचाउने भन्ने पनि हुँदैन । अब बङ्गालको खाडी वा अरब सागरमा नयाँ प्रणाली विकसित भएको खण्डमा हामीलाई असर गर्ने हो । तत्कालै यस्तो देखिएको छैन ।”

सामान्यतया अक्टोबर र नाेभेम्बरमा मौसम मुख्यतया सामान्य रहने , जल विज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्र बाढी पूर्वानुमान महाशाखाका अनुसार मनसुन बाहिँरिदै जाँदा भारी वर्षा नहुने तथा नदीहरुको जलसतह बढ्ने पूर्वानुमान गरिएको छैन । बाढी पूर्वानुमान महाशाखाका जलविद् प्रभाकर यादवले भने  “नेपालको पश्चिमबाट मनसुन पनि बाहिरिन थालिसकेको छ । त्यसैले, ठुलो वर्षा हुने पनि देखिँदैन । वर्षा नभएपछि खोला बढ्ने सम्भावना देखिँदैन ।”

उनले नेपालको पश्चिमी भूभागबाट मनसुन बाहिरिन सुरु भएको भन्दै फाट्टफुट्ट वर्षा भए पनि विपद् नै निम्त्याउने किसिमको बाढीको सम्भावना भने नरहेको बताए  । उनले भने , “अहिलेको अवस्था हेर्दा नदीहरु खासै बढ्ने देखिँदैन । खोलाको सतह बढाउने हिसाबको वर्षा छैन । त्यसैले, फाट्टफुट्ट कतै–कतै वर्षा भए पनि खोलाको सतह बढेको देखिँदैन ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *