वर्षाले करिडोरको पहिरो पन्छाउन समस्या

अर्थ मुख्य समाचार शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि स्वास्थ्य

भारत र चीनलाई जोड्ने सबैभन्दा छोटो दूरीको कालीगण्डकी करिडोरको बागलुङ खण्डअन्तर्गत जैमिनी नगरपालिका वडा ८ छिस्तीको बेलबगरमा खसेको भीमकाय पहिरोले अस्ति शनिबार बिहानैदेखि सडक अवरुद्व रहेकाे छ । सडक अवरूद्ध हुँदा बागलुङको दक्षिण भेग सडक सञ्जालबाट विच्छेद भएको छ । बागलुङबाट गुल्मी, स्याङ्जा, पाल्पा हुँदै रुपन्देहीसम्म यात्रुबाहक सवारी र खाद्यन्न बोकेर आएका मालबहाक ट्रकहरु बेलबगरमै रोकिएका छन् ।

सडक डिभिजन कार्यालयको समन्वयमा जेसीबी मेसिन परिचालन गरी पहिरो हटाउने कार्य भइरहे पनि निरन्तरको वर्षाले काम प्रभावित भएको छ । पहिरो ठुलो तथा जटिल प्रकृतिको भएकाले सडक पूर्ण रूपमा सञ्चालनमा ल्याउन करिब ३ देखि ४ दिनसम्म लाग्ने प्रारम्भिक अनुमान गरिएको प्रहरीले  बताएकाेछ ।

जैमिनी नगरपालिकाका उपप्रमुख हरिहर शर्मा, प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्य, जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख प्रहरी उपरीक्षक फणिन्द्र प्रसाईं,सडकडिभिजन कार्यालयका इन्जिनियर सोहनकार्की, जिल्ला ट्राफिकप्रहरी प्रमुख सन्तोष ज्ञवाली र स्थानीयबासीको स्थलगत निरीक्षणपछि पहिरो पन्छाउन सुरु गरिएको छ ।

पहिरो पन्छाउन तीन वटा मेशिन प्रयोग गरिए पनि निरन्तरको वर्षाले काम प्रभावित भएको जैमिनीका उप–प्रमुख हरिहर शर्माले भने ‘‘वर्षा र पहिरो रोकिएको अवस्थामा छिट्टै सडक सुचारु गराउन पहल भइरेको छ’’ ‘मेशिन सफा गर्दै जाने र पहिरो खस्नेक्रम चलिरहँदा सडक खुलाउन समय लाग्ने देखिन्छ’’  ।

ठुलो पहिरो जाँदा जैमिनी नगरपालिका वडा ८ छिस्तीको मुख्य नाका पुरै क्षतिग्रस्त भएको शर्माले जानकारी दिए  । नाकाको निकास तथा विकल्पका लागि पनि प्रयत्न भइरहेकोले सवारी र यात्रुलाई वैकल्पिक सडक प्रयोग गर्न शर्माको सुझाव छ । यता, करिडोर र बागलुङ कुश्मीशेरा सडकको दव्ल्याङमा पाँच बर्षदेखि खसिरहेको पहिरोका कारण सामान्य वर्षा हुँदासमेत सडक अबरुद्ध हुँदा यात्रीले सास्ती खेप्दै आएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *