विश्वकप फुटबलः अर्जेन्टिना नकआउट चरणमा, मेस्सीको कीर्तिमान

अन्तराष्ट्रिय अर्थ मनराेञ्जन मुख्य समाचार शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि स्वास्थ्य

कप्तान लियोनल मेस्सीको २ गोलको मद्दतमा अर्जेन्टिना जारी विश्वकप फुटबलको समूह चरणको शीर्ष स्थानमा रहँदै नकआउट चरणमा प्रवेश गरेको छ । मंगलबार बिहान सम्पन्न खेलमा अर्जेन्टिनाले अष्ट्रियालाई २–० गोलअन्तरले पराजित गरेको हो ।

अमेरिकाको डालास स्टेडियममा मेस्सीले खेलको ३८औँ मिनेटमा पहिलो गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाए । त्यसपछि खेलको दोस्रो हाफको अतिरिक्त समयमा उनले व्यक्तिगत दोस्रो गोल गर्दै आफनो देशको जित सुनिश्चित गरे । जितसँगै अर्जेन्टिनाका कप्तान मेस्सीले जर्मनीका मिरोस्लाभ क्लोजको नाममा रहेको १६ गोलको कीर्तिमानलाई पछि पार्दै विश्वकपमा सर्वाधिक गोल गर्ने खेलाडी बनेका छन् ।

मेस्सीले आजको खेलसँगै विश्वकपमा १८ गोल गरिसकेका छन् । यसअघि अल्जेरियाविरुद्धको पहिलो खेलमा अर्जेनिन्टना विजयी हुँदा मेस्सीले ह्याट्रिक गोल गरेका थिए । समूह ‘जे’ मा रहेको अर्जेन्टिना लगातार दोस्रो जित निकाल्दै ६ अङ्क जोडेर अङ्क तालिकाको शीर्ष स्थानमा रहेको छ ।

त्यस्तै पराजित अष्ट्रिया दुई खेलबाट ३ अङ्क जोड्दै दोस्रो स्थानमा छ । यसै समूहमा रहेका जोर्डन र अल्जेरिया अङ्कबिहीन छन् । उनीहरुले समान १-१ खेल खेलेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *