जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले तीन प्रदेशका तराई भूभागमा हिजाेझै आजपनि तातो दिन हुने र गर्मी बढ्ने बताएको छ ।
महाशाखाका अनुसा आज बिहीबार देशको हिमाली र पहाडी भूभागमा साधारणतया बादल लाग्नेछ र सामान्तय बर्षाकाे संभावना छ साथै तराई भूभगमा आंशिक बादल लाग्नेछ । मधेस प्रदेशमा तथा कोशी, बागमती र गण्डकी प्रदेशको तराईमा तातोदिन कायमै रहने सम्भावना छ । हाल देशका पश्चिम भूभाग आसपास उपल्लो वायुमण्डलमा रहेको न्युन चापीय प्रणाली तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ ।
भाेली शुक्रबार कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशलगायत देशको हिमाली र पहाडी भूभागमा साधारणतया बादल लाग्नेछ तथा तराई भूभागमा आंशिक बादल लाग्नेछ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशको हिमाली र पहाडी भूभागका थोरै स्थानमा, कोशी प्रदेशको तराई भूभागका एक, दुई स्थानमा मेघगर्जन, चट्याङ्गसहित मध्यम वर्षा हुने सम्भावना छ ।
भाेलि पनी मधेस प्रदेशमा तथा कोशी, बागमती र गण्डकी प्रदेशको तराईंमा तातो दिन हुने सम्भावना कायमै रहेकाेछ ।
