नेपाल आयल निगमले डिजेल, मट्टितेल र हवाई इन्धनको मूल्य घटाएको छ। आइतबार मध्य राति १२ बजेदेखि लागू हुनेगरि डिजेल र मट्टितेलमा प्रतिलिटर ४ रुपैयाँले घटाइएको छ। यस्तै, आन्तरिकतर्फको हवाई इन्धनको मूल्य प्रतिलिटर १ रुपैयाँले घटेको छ।
पेट्रोल र एलपी ग्यासको मूल्य भने यथावत् राखिएको छ। इन्डियन आयल कर्पोरेसन (आईओसी) बाट प्राप्त नयाँ खरिद मूल्यअनुसार डिजेलमा प्रतिलिटर ३ रुपैयाँ ९६ पैसा, पेट्रोलमा ०.२१ पैसा र हवाई इन्धनमा १ रुपैयाँ ४८ पैसा घटेर आएपछि निगमले मूल्य समायोजन गरेको हो।
