भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले थियानचिनमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गरेका छन्। प्रधानमन्त्री ओलीसँगको भेट लगत्तै भारतका प्रधानमन्त्री मोदीले सामाजिक सञ्जालमा तस्बिर सार्वजनिक गरेका थिए । तस्बिरमा मोदीले सामाजिक सञ्जाल एक्समा लेखेका छन्, ‘थियानचिनमा नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न पाउँदा खुसी लाग्यो। नेपालसँग भारतको सम्बन्ध गहिरो र विशिष्ट छ।’
शाङ्घाई सहयोग सङ्गठन (एससिओ) प्लसको शिखर सम्मेलनमा सहभागी मुलुकका लागि आयोजित स्वागत समारोहमा सहभागी प्रधानमन्त्री ओलीले सोही अवसरमा भेटवार्ता गरेका हुन । उक्त अवसरमा प्रधानमन्त्री पत्नी राधिका शाक्य सहभागी थिइन ।
