पुराना र बिग्रिएका जारमा पानी बिक्री बढ्दो, विभागद्वारा कडा चेतावनी

अर्थ मुख्य समाचार शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि स्वास्थ्य

बजारमा पुराना, कुच्चिएका, टालिएका, चुहिएका तथा अपारदर्शी जार प्रयोग गरी प्रशोधित पिउने पानी बिक्री भइरहेको गुनासो बढेपछि खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले कडाइ गर्ने चेतावनी दिएको छ।

विभागका अनुसार यस्ता जारमा पानी राख्दा स्वच्छता र गुणस्तरमा गम्भीर समस्या देखिने भएकाले उपभोक्ताको स्वास्थ्यमा जोखिम बढ्ने सम्भावना हुन्छ। विशेषगरी गर्मी तथा वर्षायाममा पानीजन्य रोगको संक्रमण उच्च हुने समय भएकाले यस्तो लापरवाही झन् खतरनाक हुन सक्ने जनाइएको छ।

विभागले प्रशोधित पिउने पानी उत्पादक, ढुवानीकर्ता तथा बिक्रेतालाई गुणस्तर मापदण्डअनुसार मात्र उत्पादन तथा बिक्रीवितरण गर्न निर्देशन दिएको छ। साथै बिग्रिएका, चुहिएका वा अपारदर्शी जार प्रयोग नगर्न स्पष्ट रूपमा सचेत गराइएको छ।

यदि यस्ता गतिविधि जारी राखिएको पाइएमा खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ अनुसार कारबाही गरिने विभागले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *