झुला टुट्दा यात्रु अड्किए, सेनाद्वारा उद्धार

अर्थ मनराेञ्जन मुख्य समाचार शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि स्वास्थ्य

जनकपुरधामस्थित राजदेवी मन्दिरमा राखिएको राेटेपिङ  टुटेपछि यात्रुहरू अड्किएमा उद्दार गरिएकाे  छ। विजया दशमीको अवसरमा मन्दिर परिसरमा मनोरञ्जनका लागि राखिएको राेटेपिङ शुक्रबार राति करिब साढे ८ बजे तिर अचानक बिग्रँदा झुलामा सवार यात्रुहरू राेटेपिङमाथि नै फसेका थिए।

घटनापछि उद्धारका लागि नेपाली सेनाको टोली परिचालन गरिएको थियो। सेनाले तत्काल घटनास्थल पुगेर यात्रुहरूलाई सुरक्षित रूपमा तल झारेर उद्धार गरेको जनाइएको छ।

घटनाबाट भएको क्षतिको आधिकारिक विवरण भने सार्वजनिक भइसकेको छैन। मेला आयोजक समिति पदाधिकारीहरूसँग सम्पर्क हुन नसकेको कारण थप जानकारी आउन बाँकी रहेको छ। उक्त राेटेपिङमा एक पटकमा ६० जना बढी सवार हुन सक्छन् । मेलाका कारण राेटेपिङ भरिभराउ थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *