अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र पुरानै स्वरूपमा निर्माण गरिने

अर्थ मुख्य समाचार राजनिति शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि

जेनजी समूहको नाममा भएको प्रदर्शनका क्रममा भदौ २४ गते आगजनी र तोडफोडबाट ध्वस्त नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवन रहेकाे बिरेन्द्र अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र को तीनजना मन्त्रीले स्थलगत निरीक्षण गरे अर्थमन्त्री रामेश्वर खनाल, ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक योजना तथा यातायात तथा सहरी विकासमन्त्री कुलमान घिसिङ र गृह तथा कानुनमन्त्री ओमप्रकाश अर्यालले सो भवन निरीक्षण गर्दै अर्थमन्त्री खनालले प्रदर्शनकारीको आगजनीबाट क्षतिग्रस्त भवन पुरानै स्वरूपमा निर्माण गरिने बताए ।

त्यसै गरी मन्त्री घिसिङले आगामी पुससम्म सिंहदरबार परिसरमा निर्माणाधीन संसद् भवन निर्माण सम्पन्न हुने र त्यहीँ संसद्को बैठक बस्ने बताउदै पुस मसान्तसम्म संसद् भवनको निर्माण सम्पन्न गर्न निर्देशन दिएको निरीक्षणमा सहभागी सहरी विकास तथा भवन विभागका महानिर्देशक मचाकाजी महर्जनले जानकारी दिए ।

सञ्चारकर्मीसँग कुरा गर्दै सहरी विकास मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका भौतिक पूर्वाधार तथा यातायातमन्त्री घिसिङले आगामी पुससम्म सिंहदरबारमा निर्माणाधीन नयाँ संसद् भवनको काम सम्पन्न हुने बताउँदै फागुनको निर्वाचनपछि संसद्को बैठक त्यहीँबाट सञ्चालन हुने बताए  ।

८६ प्रतिशत काम सम्पन्न

सिंहदरबारको पुतली बगैँचास्थित १७३ रोपनी ८ आना (८८ हजार २७१ वर्ग मिटर) क्षेत्रफलमा ‘इन्टरनेसनल स्टेट अफ द आर्ट’ को मोडलमा सङ्घीय संसद् भवन निर्माण भइरहेको छ । भवन विभागका महानिर्देशक महर्जनले निर्माणाधीन संसद् भवनको ८६ प्रतिशत काम सम्पन्न भएको जानकारी दिदै भवन निर्माणको ठेक्का म्याद पुस १६ गतेसम्म रहेको र सो समयभित्र निर्माण सम्पन्न हुने जानकारी दिए  ।

काठमाडौँ उपत्यकाको स्थानीय वास्तुकला झल्कने किसिमले डिजाइन गरिएको निर्माणाधीन संसद् भवन परिसरको गुरुयोजना अनुसार परिसर क्षेत्रलाई भवन क्षेत्र, खुला हरियाली क्षेत्र, पार्किङ क्षेत्र र सडक पूर्वाधार क्षेत्र गरी मुख्य चार क्षेत्रमा विभाजन गरिएको छ, जसमध्ये भवन क्षेत्रले करिब २७ प्रतिशत र हरियाली क्षेत्रले ४५ प्रतिशत जग्गा ओगटेकाे छ । बाँकी क्षेत्रमा सडक पूर्वाधार र ‘वाटर बडी’ रहकाे  छ ।  भवन परिसरको निर्माण ‘हाई–टेक’ आधुनिक इन्जिनियरिङ डिजाइन प्रविधिको आधारमा भइरहेको छ । कुल पाँच अर्ब तीन करोड (भ्याटबाहेक) लागतमा निर्माण भइरहेको यस भवनको ठेक्का नेपाली निर्माण कम्पनी टुन्डी र चिनियाँ निर्माण कम्पनी सेक (संयुक्त) ले पाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *