राष्ट्रिय एकतालाई कायम राख्दै संयमित हुन सेनाको अनुरोध

अर्थ मुख्य समाचार राजनिति शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि स्वास्थ्य

नेपाली सेनाले जेनजी पुस्तालाई राष्ट्रिय एकतालाई कायम राख्दै संयमता अपनाउन आग्रह गरेको छ। जेनजीको आन्दोलनपछिको विकसित अवस्थालाई मध्यनजर गर्दै सेनाले यस्तो बताएको हो।

सेनाको विज्ञप्तिमा भनिएको छ, ‘विद्यमान परिस्थितिलाई थप जटिल हुन नदिन सामाजिक सद्भाव तथा राष्ट्रिय एकतालाई कायम राख्दै संयमित हुन नेपाली सेना सम्पूर्ण युवा जनशक्ति र देशवासीलाई हार्दिक अनुरोध गर्दछ।’ विज्ञप्तिमा नेपाल र नेपाली जनताको जिउधनको रक्षा गर्न सेना प्रतिबद्ध रहेको उल्लेख गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *