नेपालव्दारा श्रीलङ्कामाथि फराकिलो जित हासिल

मनराेञ्जन मुख्य समाचार शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि स्वास्थ्य

बङ्गलादेशमा जारी साफ यु–२० महिला च्याम्पियनसिपमा नेपालले श्रीलङ्कामाथि अर्को फराकिलो जित निकालेको छ । ढाकामा बिहीबार भएको खेलमा नेपालले श्रीलङ्कालाई फेरि ७–० गोलले हरायो । एक पक्षीय खेलमा नेपाललाई जिताउन कुसुम खतिवडा र समीक्षा मगरले दुई दुई गोल गरे भने पूर्णिमा राई, सरिता नाथ र कप्तान विर्सना चौधरीले एक/एक गोल गरे ।

यसअघिको खेलमा पनि नेपालले श्रीलङ्कालाई ७–० गोलले नै हराएको थियो । चार टोली सहभागी च्याम्पियनसिपमा चार खेलपछि तीन जित निकालेको नेपालले नौ अङ्क बनाएको छ । नेपाल गोल अन्तरका आधारमा हाल शीर्षस्थानमा छ । यसअघि नेपालले पहिलो खेलमा भुटानलाई ६–१ गोलले हराएको थियो । नेपाल दोस्रो खेलमा घरेलु टोली बङ्गलादेशसँग ३–२ गोलले पराजित भएको थियो ।

च्याम्पियनसिपमा सहभागी चार टोलीले एक आपसमा दुई पटक खेलेपछि शीर्षस्थानमा रहने टोली च्याम्पियन बन्ने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *