मन्त्रिपरिषद्को बैठक शुरू भएको छ । बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सोमबार साँझ साढे ७ बजेपछि बैठक शुरू भएको हो । बैठकमा घुस डिल प्रकरणमा विवादित भनेका संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ता पनि सहभागी छन् ।
उनले घुस डिल गरेको अडियो सार्वजनिक भएपछि बर्खास्त गर्न चौतर्फी माग उठेको छ । तर, प्रधानमन्त्रीले यसमा एक्सन लिएका छैनन् । मन्त्री गुप्ता स्वयंले पनि राजीनामा दिएका छैनन् ।
सोमबारको बैठकमा सरकारको दैनिक प्रशासनिक कामकारबाहीबारे छलफल हुनुका साथै आवश्यक निर्णयहुने बताइएको छ।मन्त्रिपरिषद् काे नियमित बैठक रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । सामान्यतः मन्त्रिपरिषद् बैठक हप्ताको दुई दिन सोमबार र बिहीबार बस्ने गर्छ ।
