सेयर बजार सकारात्मक,कारोबार रकम साढे ६ अर्ब नाघ्यो

अर्थ मुख्य समाचार शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि

सेयर बजार आज पनि सकारात्मक देखिएको छ। अघिल्लो दिन सोमबार ४१.७० अंकले बढेको नेप्से परिसूचक मंगलबार ७.२५ प्रतिशतले वृद्धि भइ २७२६.४९ विन्दुमा पुगेको हो। नेप्से एकल अंकले बढे पनि कारोबार रकम भने सोमबारको तुलनामा वृद्धि भएको छ। सोमबार ५ अर्ब ५१ करोड मूल्य बराबरको कारोबार भएको थियो।

यसदिन ३४३ वटा स्क्रिप्सको १ करोड ४९ लाख २४ हजार ३०२ कित्ता सेयर ६ अर्ब ६७ करोड १० लाख १७ हजार ९७१ रुपैयाँमा खरिदबिक्री भए।

एभरेष्ट कलर लिमिटेडको सेयर सर्वाधिक १४.९८ प्रतिशतले बढ्यो।  कारोबार रकमका आधारमा रिडी पावर कम्पनी अग्रस्थानमा रह्यो। सो कम्पनीले ५५ करोड मूल्य बराबरको सेयर कारोबार गर्यो।

आँखु खोला जलविद्युत कम्पनीले ३१ करोडको कारोबार गर्दा रिलायन्स स्पिनिङ्गस मिल्सले २७ करोड,हिमालयन रिइन्स्योरेन्सले २२ करोड र एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्टले २२ करोडको सेयर कारोबार गरे।

कारोबारमा आएकामध्ये १०३ वटा स्टक्सको मूल्य बढ्दा १६२ वटाको घट्यो। बाँकी १२ वटा स्टक्सको मूल्य स्थिर रह्यो। पाँच समूहको उपसूचक बढ्दा अरु बाँकी समूहको उपसूचक नकारात्मक देखिए। बैंकिङ,मनु एण्ड प्रो,इन्भेस्टमेन्ट,अदर्श र ट्रेडिङ समूहको उपसूचक सकारात्मक देखिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *