काठमाडौँ महानगरपालिको कुलेश्वर पुल नजिकै प्रहरीले गोली चलाइ तीन जना लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिइएको छ । लागु औषध नियन्त्रण ब्यूरोका प्रहरी वरिष्ठ उपरीक्षक सुवास चन्द्र बोहराका अनुसार आज दिउँसो साढे ४ बजे गोप्य सूचनाको आधारमा एक जना भारतीय नागरिकसहित तीन जना पक्राउ परेका हुन् ।
उनका अनुसार उनीहरु भारतदेखि ठूलो परिमाणमा लागुऔषध ओसारपसार गरी बेचबिखन अपराधमा सङ्लग्न रहँदै आएका थिए । प्रहरीमाथि आक्रमण भएपछि गोली प्रहार गरी नियन्त्रणमा लिइएको उनको भनाइ छ ।
घटनाको विस्तृत विवरण र पक्राउ परेका नागरिकको विस्तृत विवरण आउन भने बाँकी छ ।
