आजकाे विदेशी मुद्राको विनिमयदर

नेपाल राष्ट्र बैङ्कले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १५१ रुपियाँ २८ पैसा र बिक्रीदर १५१ रुपियाँ ८८ पैसा निर्धारण गरिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १७२ रुपियाँ ३९ पैसा र बिक्रीदर १७३ रुपियाँ ०७ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९९ रुपियाँ […]

Continue Reading

राष्ट्रिय सभामा रिक्त दुई पद अनिर्णीत

तीन महिनाभन्दा बढी समयदेखि रिक्त राष्ट्रिय सभाका दुई पदको पदपूर्ति सम्बन्धमा हालसम्म कुनै निर्णय भएको छैन । राष्ट्रपतिबाट मनोनीत एक र सुदूरपश्चिम प्रदेशबाट निर्वाचित एक गरी माथिल्लो सभामा दुई पद रिक्त छन् । राष्ट्रिय सभा सदस्य निर्वाचन ऐन, २०७५ को दफा ५ मा पदावधि समाप्त भई रिक्त हुने पदमा बाहेक अन्य कारणले पद रिक्त भएमा […]

Continue Reading

तराईमा तातो लहर, पहाडमा तातो दिन

 हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र, गण्डकी प्रदेशका केही तथा लुम्बिनी प्रदेशको पूर्वी तराईका केही स्थानमा मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अन्य क्षेत्रमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । हाल कोशी प्रदेशमा साधारणतया बदली रहेको छ भने मधेश, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र […]

Continue Reading

युरोपमा तातो हावाले जनजीवन प्रभावित, फ्रान्समा पौडी खेल्न गएका कम्तिमा ४० जनाको डुबेर मृत्यु

युरोपका धेरै देशमा गर्मी अति बढेर तातो हावा चलेपछि सतर्क रहन रेड वार्निङ (चेतावनी)  जारी गरिएको छ । अत्यधिक गर्मीले स्वास्थ्यमा नकारात्मक प्रभावहरु निम्तनसक्ने अवस्थामा रेड वार्निङ जारी गर्ने गरिन्छ ।  युरोपका कतिपय देशमा गर्मी ४० डिग्री सेल्सियसभन्दा माथि पुगेको छ । फ्रान्सका कतिपय स्थानमा मंगलबार ४३ डिग्री सेल्सियसभन्दा बढी थियो । बेलायत सरकारले बुधबार […]

Continue Reading

अदालतमा ऐतिहासिक अभ्यास: म्याद थप बहसदेखि इजलाससम्मको सुनुवाइ सामाजिक सञ्जालमा प्रत्यक्ष प्रसारण

विशेष अदालतमा एमाले उपाध्यक्ष विष्णु पौडेलको म्याद थप सम्बन्धी बहस आज सामाजिक सञ्जालमार्फत प्रत्यक्ष प्रसारण गरिएको छ। नेपालको अदालती इतिहासमै पहिलोपटक इजलासभित्रको बहस सार्वजनिक रूपमा लाइभ स्ट्रिमिङ गरिएको यो अभ्यासलाई नयाँ युगको सुरुवातका रूपमा हेरिएको छ। नवनियुक्त प्रधानन्यायाधीशका रूपमा सिफारिस भएका डा. मनोजकुमार शर्माले संसदीय सुनुवाइका क्रममा सबै अदालतका इजलासहरूलाई क्रमशः प्रत्यक्ष प्रसारण गर्ने कार्ययोजना […]

Continue Reading

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

विशेष अदालतले पूर्वउपप्रधान तथा पूर्वअर्थमन्त्री विष्णु पौडेललाई सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ। सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानका लागि अदालतले उक्त अनुमति दिएको हो। विशेष अदालतका सदस्य न्यायाधीशहरू नारायणप्रसाद पौडेल, हेमन्त रावल र उमेश कोइरालाको इजलासले पक्राउ परेकै दिन सोमबारदेखि लागू हुने गरी पौडेललाई सात दिन थुनामा राख्न अनुमति दिएको हो। अदालतको आदेशअनुसार अब […]

Continue Reading

संघीयता बलियो बनाउने पहिले, खारेजीको प्रस्ताव अहिले

राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) प्रदेश सभा खारेजीको पक्षमा उभिएको छ । संघीयताप्रति नेताहरूको फरक-फरक धारणा र दृष्टिकोण सार्वजनिक भैरहँदा चितवनमा जारी महाधिवेशन हलमा प्रदेश खारेजीको मुद्दाले प्रवेश पाएको हो । अर्थमन्त्रीसमेत रहेका उपसभापति डा. स्वर्णिम वाग्लेले बन्दसत्रमा पेश गरेको अर्थ–राजनीतिक प्रस्तावमा प्रदेश सभा खारेजीसँगै स्थानीय तहको संख्या घटाउने उल्लेख छ । स्थानीय तहको एक तिहाइ संख्या […]

Continue Reading

आँबुखैरेनी दुर्घटनामा ठुला सवारी साधन जुध्याे राजमार्ग खुलाउने प्रयास जारी

पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी–मुग्लिन सडकखण्डमा मङ्गलवार साँझ दुईवटा ठुला सवारीसाधन एकापसमा ठोक्किँदा घाइते भएका दुबै चालकको पहिचान खुलेको छ । आँबुखैरेनी गाउँपालिका–४ स्थित मर्स्याङ्दी जलविद्युत् केन्द्रको पावर हाउस नजिकै साँझ सवा ६ बजे मुग्लिनबाट आँबुखैरेनी जाँदै गरेको मधेस प्रदेश ०३–००१ क २७०० नम्बरको इन्धन बोक्ने ट्याङ्कर र विपरीत दिशाबाट जाँदै गरेको ना ५ ख ७७७५ नम्बरको […]

Continue Reading

ललितपुरको महालक्ष्मी नगरको लुभु र चाङ्गाथली क्षेत्रलाई जोड्दै नयाँ रुटमा चल्न थाल्यो साझा यातायात

साझा यातायातले ललितपुर महालक्ष्मी नगरपालिकाकाको लुभु र चाङ्गाथली क्षेत्रबाट काठमाडौँको जमलसम्म नयाँ बस सेवा सञ्चालनमा ल्याएको छ। महालक्ष्मी नगरपालिका अन्तर्गतका विभिन्न क्षेत्रलाई समेट्दै साझाले मङ्गलबारदेखि यस रुटमा बस सेवा सुरु गरेको हो। नयाँ रुट अनुसार अब साझा बस दैनिक बिहान ६ बजे युनाइटेड कोलोनीबाट छुट्ने छ । लुभुबाट जमल आउँदा बस लुभु–यती चोक, चाङ्गाथली क्लब, […]

Continue Reading

समस्याग्रस्त बाघ व्यवस्थापन गर्न ‘टाइगर सेन्चुरी’ योजना

राष्ट्रिय निकुञ्ज, संरक्षण क्षेत्र र आसपासका क्षेत्रमा समस्याग्रस्त बाघको समस्या बढेको छ । मुलुकभर समस्याग्रस्त बाघको सङ्ख्या १६ पुगेको छ । मानव बस्तीमा पसेका, मानव तथा घरपालुवा जनावरलाई आक्रमण गरेका र घाइते अवस्थामा भेटिएका समस्याग्रस्त बाघलाई उद्धार गरी खोरमा राख्ने गरिएको छ । चितवन र बर्दिया राष्ट्रिय निकुञ्ज तथा ललितपुरको जावलाखेलस्थित सदर चिडियाखाना पाँच/पाँच, बाँके राष्ट्रिय […]

Continue Reading