संविधान संशोधन कार्यदलको म्याद थप, रावल आयोगको प्रतिवेदन कार्यान्वयन गरिने

संविधान संशोधनको बहसपत्र तयार पार्ने कार्यदलको अवधि थप गर्नेदेखि सरकारी जग्गा छानबिनसम्बन्धी आयोगको प्रतिवेदन कार्यान्वयन गर्नेसम्मका विभिन्न महत्त्वपूर्ण निर्णय गरेको छ । सरकारले संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल, २०८२ को कार्यअवधि आगामी २०८३ साल असार मसान्तसम्मका लागि थप गर्ने निर्णय गरेको छ । यसैगरी, सरकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षणसम्बन्धी उच्चस्तरीय आयोग (रावल आयोग), […]

Continue Reading

पाथीभरा केवलकार विवाद समाधान खोज्न कार्यदल गठन

सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र पाथीभरा (मुक्कुम्लुङ )मा निर्माण हुन लागेको केवलकारका कारण लामो समयदेखि उत्पन्न विवाद र समस्या समाधानका लागि कार्यदल गठन गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको सचिवस्तरको बिहीबारको निर्णयानुसार प्रधानमन्त्री वालेन्द्र शाहका सामाजिक विकास विज्ञ विश्व राईको संयोजकत्वमा सात सदस्यीय कार्यदल गठन गरिएको प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालले […]

Continue Reading

टोकियो विद्यालयमा आगलागी, ३०० जनाको सुरक्षित उद्धार

जापानको राजधानी टोकियोस्थित एक प्राथमिक विद्यालयमा आज शुक्रबार बिहान आगलागी भएपछि करिब ३०० विद्यार्थी र शिक्षकलाई सुरक्षितरूपमा बाहिर निकालिएको छ । विद्यालय भवनको माथिल्लो तलाबाट आगो फैलिएको भए पनि समयमै गरिएको उद्धार र नियन्त्रण प्रयासका कारण कुनै मानवीय क्षति नभएको अधिकारीले जनाएका छन् । टोकियोको डाउनटाउन क्षेत्रमा रहेको टाकिनोगावा नम्बर-३ प्राथमिक विद्यालयमा स्थानीय समयअनुसार आज […]

Continue Reading

आज विदेशी मुद्राको विनिमयदर

नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५० रुपैयाँ ६४ पैसा र बिक्रीदर १५१ रुपैयाँ २४ पैसा निर्धारण गरिएको छ। यस्तै, युरोपियन युरो एकको खरिददर १७२ रुपैयाँ ६७ पैसा र बिक्रीदर १७३ रुपैयाँ ३६ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९९ रुपैयाँ […]

Continue Reading

९ खेलाडीमा सीमित बनेको कतारमाथि क्यानडाको आधा दर्जन गोल, जोनाथन डेविडको ह्याट्रिक

फिफा विश्वकप २०२६ अन्तर्गत समूह बी अन्तर्गत भएको चौथो खेलमा क्यानडाले कतारलाई ६-०ले पराजित गरेको छ। भ्यानकुभरमा भएको खेलमा  पहिलो हाफमा क्यानडाले कतार विरुद्ध ३- ० को अग्रता बनाएको थियो। दोस्रो हाफमा थप ३ गोल गर्दै क्यानडाले कतारमाथि उत्कृष्ट जित दर्ता गरेको हो। क्यानडाको जितमा जोनाथन डेविडले ह्याट्रिक पूरा गरे जारी विश्वकपमा ह्याट्रिक पूरा गर्ने […]

Continue Reading

रास्वपाको महाधिवेशन तयारी तीव्र

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो राष्ट्रिय महाधिवेशन असार ७ देखि ९ गतेसम्म भरतपुरमा हुँदै छ । महाधिवेशनका लागि १८ वटा विभिन्न उपसमितले तयारी गरिरहेका छन् । अहिले महाधिवेशनको तयारी तीव्र रूपमा अगाडि बढेको छ । महाधिवेशनको उद्घाटन भरतपुर महानगरपालिका–१० स्थित जिल्ला प्रहरी कार्यालय चितवन अगाडिको गेस्ट हाउस चौरमा र बन्दसत्र उद्योग सङ्घ चितवनमा हुने […]

Continue Reading

ट्रम्प र पेजेस्कियनद्वारा बेग्लाबेग्लै हस्ताक्षर

अमेरिका र इरानबिच युद्ध अन्त्य गर्न ऐतिहासिक शान्ति सम्झौतामा हस्ताक्षर भएको छ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प र इरानका राष्ट्रपति मसुद पेजेस्कियनले शान्ति सम्झौतामा बेग्लाबेग्लै हस्ताक्षर गरेका हुन  । अमेरिकाले इजरायलसँग मिलेर गत फेबु्रअरी २८ मा इरानमाथि आक्रमण गरेसँगै भीषण युद्ध सुरु भएको हो । यो युद्धमा इरानले उच्च नेतृत्व गुमाउनुका साथै ठुलो जनधनको क्षति […]

Continue Reading

खाली घरटहरामा पाेखरामहानगरले चलायो डोजर

पोखरा महानगरपालिकाले पोखरा–९, बसपार्कमा अतिक्रमित घरटहरा भत्काउन सुरु गरेको छ । बिहीबार महानगरले ३ वटा डोजर प्रयोग गरी पृथ्वी राजमार्ग मूल सडकसँग जोडिएका तथा दक्षिणतर्फका घरटहरा भत्काएको हो । राजमार्गसँग जोडिएका करिब ४५ तथा दक्षिणतर्फका करिब एक सय घरटहरा डोजर लगाएर भत्काइएको हो । महानगरले त्यस क्षेत्रमा घरटहरा खाली गर्न यसअघि नै सार्वजनिक सूचना जारी […]

Continue Reading

उज्वेकिस्तानलाई हराएर कोलम्बिया शीर्षमा

दोस्रो हाफको दुई गोलको मद्दतले कोलम्बियाले विश्वकप २०२६ मा बिहीबार उज्वेकिस्तानलाई ३–१ ले हराएको छ । यससँगै कोलम्बिया तीन अंकसहित समूह ‘के’ को शीर्ष स्थानमा उक्लेको छ । यसै समूहको पहिलो खेलमा पोर्चुगल र डीआर कंगोले १–१ को बराबरी खेल्दै अंक बाँडेपछि कोलम्बिया समूह ‘के’ मा बलियो स्थितिमा पुगेको छ । मेक्सिको सिटी स्टेडियममा भएको […]

Continue Reading

युद्ध अन्त्य गर्न अमेरिका र इरानबीच १४ बुँदे समझदारीपत्रमा हस्ताक्षर

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इरानका राष्ट्रपति मसउद पेजेशकियानले अमेरिका र इजरायलद्वारा इरानविरुद्ध जारी युद्ध अन्त्य गर्न समझदारीपत्र (एमओयू) मा विद्युतीय रूपमा हस्ताक्षर गरेका छन्। पाकिस्तानका अनुसार ‘इस्लामाबाद एमओयू’ कार्यान्वयनमा आइसकेको छ। अमेरिकी अधिकारीहरूका अनुसार उक्त समझदारीमा इरानले परमाणु हतियार नबनाउने वा नकिन्ने, सबै मोर्चामा युद्ध अन्त्य गर्ने तथा हर्मुज जलमार्ग पुनः सञ्चालनमा ल्याउने प्रावधान समावेश छन्। […]

Continue Reading