फिफा विश्वकप : कुन टीम नकआउटमा पुगे, को बाहिरिए ?

अन्तराष्ट्रिय अर्थ मनराेञ्जन मुख्य समाचार शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि स्वास्थ्य

फिफा विश्वकप २०२६ को राउन्ड अफ ३२ (नकआउट) मा १३ राष्ट्रले आफ्नो स्थान सुरक्षित गरिसकेका छन्।जसमा मेक्सिको, संयुक्त राज्य अमेरिका, जर्मनी, अर्जेन्टिना, फ्रान्स नर्वे, कोलम्बिया, स्विट्जरल्याण्ड, क्यानडा, ब्राजिल, मोरक्को, दक्षिण अफ्रिका, बोस्निया र हर्जगोभिना रहेका छन्।

यस्तै, अन्तिम चरणका खेलहरू नसकिँदै विश्वकपबाट सात राष्ट्रहरू बाहिरिसकेका छन्। प्रतिस्पर्धा गर्ने ४८ राष्ट्रहरू मध्ये समूह चरण समाप्त हुँदासम्ममा १६ राष्ट्रहरू बाहिरिनेछन्।

समूह चरणका सुरुवाती दुवै खेलमा हारेका पाँच राष्ट्रहरू बाहिरिएका छन्। यस्तै, कतार र चेक गणतन्त्रले आफ्नो पहिलो दुई खेलमा एक–एक बराबरी र एक–एक हारपछि समूहको पुछारमा पुच्छरमा रहेका छन्। उनीहरु पनि समूह चरणबाट बाहिरिने निश्चित भएको छ।

समूह सी बाट, स्कटल्याण्ड र ब्राजिलसँगको हारपछि हाइटी बाहिरिने निश्चित भएको छ। अष्ट्रेलिया र पाराग्वेसँग लगातार पराजय भोगेपछि टर्की विश्वकपबाट बाहिरिने पहिलो युरोपेली राष्ट्र बन्यो। त्यसपछि चेक गणतन्त्रले बाहिरिने टीममा सामेल भयो।

स्वीडेन र जापान दुवैसँग चार–चार गोलले पराजित भएको ट्युनिसिया पनि बाहिरिने पक्कि भएको छ। प्रतियोगितामा डेब्यु गरेको जोर्डन पनि समूह चरण पार नगर्ने पहिले नै ग्यारेन्टी भइसकेको छ। समूह एलमा घाना र क्रोएसियासँग पराजित भएपछि पानामा पनि बाहिरिने भएको छ।

समग्रमा २०२६ को विश्वकपबाट हाइटी, टर्की, ट्युनिसिया, जोर्डन, पानामा, कतार र चेक गणतन्त्र बाहिरिएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *