मुस्ताङमा आहारा प्रजाति बन्यजन्तुको गरिदैछ सर्वेक्षण

अर्थ मनराेञ्जन मुख्य समाचार शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि स्वास्थ्य

मुस्ताङमा मानव र वन्यजन्तुबिचको द्वन्द्व न्यूनीकरण गर्न आहारा प्रजातिको बन्यजन्तुको सर्वेक्षण सुरू गरिएको छ । पछिल्लो बर्षमा शिकारी प्रजातिका बन्यजन्तुले बस्तीमा छिरेर घरपालुवा जनावरमा क्षति पु¥याउन थालेपछि अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले जिल्लाको पाँचवटै स्थानीय तहमा स्थलगत अध्ययन सुरू गरेको हो ।

विश्वकै दुर्लभ हिउँचितुवाको संरक्षणका लागि क्यामेरा जडान गरी सर्वेक्षण गरिरहेको एक्यापले स्थानीय समुदायसँगको सहकार्यमा ‘मानव–वन्यजन्तु सहअस्तित्व’ कार्यक्रमअन्तर्गत बासस्थानमै पुगेर सर्वेक्षण भइरहेको एक्याप इलाका कार्यालय लोमन्थाङका प्रमुख उमेश पौडेलले बताए  ।

प्रमुख पौडेलले भने , ‘‘आहारा प्रजातिको संख्या र अवस्था हेर्न सर्वेक्षणमा जुटेका छौं, सर्वेक्षणको क्रममा विभिन्न विधिको प्रयोग गरिएको छ ।’’ सर्वेक्षणमा एक्यापका कर्मचारी, स्थानीय संरक्षण ब्यवस्थापन समिति, गोठालाको समेत प्रयोग गरिएको पौडेलको भनाइ छ ।

आहारा प्रजातिको बन्यजन्तुको सर्वेक्षणका लागि प्राकृतिक सिमाका आधारमा इलाका कार्यालय लोमन्थाङ अन्तर्गत लोमान्थाङ, सुर्खाङ, छुसाङ ब्लक रहेको छ भने इलाका कार्यालय जोमसोम अन्तर्गत जोमसोम र साङ्ता क्षेत्र तोकिएको छ । सर्वेक्षणको क्रममा मांसाहारी अर्थात सिकारी प्र्रजातिका जनावरलाई पर्याप्त आहाराको अवस्था, आहारा प्रजातिको मुख्य बासस्थान अर्थात ‘कोर एरिया’ आसपासमा हुने गरेका मानवीय कमजोरीलाई समेत न्यूनीकरणमा सघाउने एक्याप जोमसोमका प्रमुख राजेश गुप्ताले बताए  ।

सर्वेक्षणमा चरन क्षेत्रमा देखिएको समस्या समाधानसहितको थप कार्ययोजना समेत तयार गरिने बताइएको छ । एक्पापले बर्षेनी बन्यजन्तुले पु¥याएको हानी नोक्सानीबापत स्थानीयलाई क्षर्तिपूर्ति दिने गरेको छ । एक्यापले जिल्लाभर एक सयभन्दा बढी क्यामेरा जडान गरी हिउँ चितुवाको ट्राभल हिस्ट्र«ीसहितको विवरणहरू संकलन गर्ने गरेको छ ।

हिउँ चितुवाले नाउर, फ्याउ मुसा, हिमाली खरायो लगायतका बन्यजन्तुको सिकार गर्छ । लजालु स्वाभाव हिउँचितुवाको अग्लो उचाइँमा मुख्य बासस्थान मानिने भएकाले सर्वेक्षण टोली समुद्री सतहको ३५ सय मिटरदेखि ५७ सय मिटरसम्मको उचाइँमा पुग्ने गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *