राति देशका अधिकांश भूभागमा वर्षा हुने सम्भावना

अर्थ मुख्य समाचार शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि स्वास्थ्य

जल तथा मौसम विज्ञान अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले आज मङ्गलबार राति देशका अधिकांश भूभागमा वर्षा र हिमपातको सम्भावना रहेको बताएको छ ।

महाशाखाका अनुसार कोशी, मधेस, गण्डकी, बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भूभागका एक, दुई स्थानमा मेघगर्जन, चट्याङ्गसहित हल्का वर्षा र हिमपातको  सम्भावना छ ।

हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । बुधबार र बिहीबार देशका हिमाली र पहाडी भूभागमा साधारणतया बादल तथा तराई भूभागमा आंशिक बादल लाग्नेछ ।

भोलि र पर्सी मधेस प्रदेशमा तथा कोशी, बागमती र गण्डकी प्रदेशको तराईमा तातो दिन हुने सम्भावना छ । यसैगरी, हिमाली र पहाडी भूभागका थोरै स्थानमा वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *