प्रतिनिधिसभा बैठक बस्दै, बजेटमाथि छलफल हुने

अर्थ मुख्य समाचार राजनिति समाचार सुचना/प्रबिधि

संघीय संसद् प्रतिनिधि सभाको बैठक आज (सोमबार) पनि बस्दै छ। बैठकमा आगामी आर्थिक वर्षको बजेटमाथि छलफल हुनेछ।

दिउँसो १ बजे सुरु हुने बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले वक्तव्यसहित आर्थिक वर्ष २०८३/०८४ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि छलफल सुरु गर्न प्रस्ताव प्रस्तुत गर्नेछन्।

अर्थमन्त्री वाग्लले छलफलका लागि प्रस्ताव गरेसँगै बजेटमाथिको छलफल सुरु हुने संसद् सचिवालयले जनाएको छ।सरकारले आगामी आर्थिक वर्षको बजेट यही जेठ १५ गते संसद्को संयुक्त बैठकमा प्रस्तुत गरेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *