आजदेखि नेपाली रेल सेवा दुई महिना बन्द हुदै

अन्तराष्ट्रिय अर्थ मुख्य समाचार शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि

जनकपुर–जयनगर रेलमार्गमा साढे तीन वर्षदेखि सञ्चालन हुँदै आएको नेपालको राष्ट्रिय झन्डाअङ्कित दुई वटा रेलमा यात्रुले आजदेखि करिब दुई महिनासम्म यात्रा गर्न नपाउने भएका छन् । यो अवधिमा यात्रुले नेपालको झन्डाअङ्कित रेलको सट्टा पहेँलो रङका भारतीय रेलमा यात्रा गर्न पाउने भएका छन् ।

नेपाल रेल्वे कम्पनी (जनकपुर) का प्रशासन प्रमुख तुलाबहादुर डाँगीले भने , “नेपालको झन्डाअङ्कित रेल आइतबार बिहानै जनकपुरबाट यात्रु लिएर जयनगर जाने छ । त्यहाँ यात्रु झारेर मर्मतसम्भारका लागि भारतको लखनउ जाने छ । त्यहाँ करिब दुई महिनासम्म मर्मतसम्भारपछि सो रेल पुनः जनकपुर आई सञ्चालनमा आउने छ ।”

उनका अनुसार सो रेलमार्गमा नेपाली रेलको सट्टा पहेँलो रङको ‘शाकुरबस्ती’ नामको भारतीय रेलले सेवा प्रदान गर्ने छ ।  वैकल्पिक सेवा दिनका लागि आएको भारतीय रेल अहिले नेपालको इनरुवा स्टेसनमा राखिएको छ । भारतले निःशुल्क रूपमा सो रेल पठाएको उनले जानकारि दिए  ।

२०७६ असोजमा जनकपुर आइपुगेकाे ,भारत कोंकण रेल्वेबाट नेपालले खरिद गरेको दुई वटा रेल २०७८ चैत २० गते उद्घाटन भई सञ्चालनमा आएको थियो । नेपालले करिब ८४ करोड रुपियाँमा भारतबाट ती दुई वटा रेल खरिद गरेको थियो ।

भारतीय सहयोगमा मर्मतसम्भार

प्रशासन प्रमुख डाँगीले भारत सरकारकै आर्थिक तथा प्राविधिक सहयोगमा रेलको मर्मतसम्भार हुन लागेको जानकारी दिए । मर्मतका लागि नेपाली रेल लखनउसम्म लैजाँदा र ल्याउँदा लाग्ने खर्च, ट्र्याक खर्च, लैजाँदा ल्याउँदा लाग्ने जनशक्ति खर्च, त्यसमा लाग्ने इन्धन खर्च, मर्मतमा लाग्ने प्राविधिक तथा उपकरण लगायतका सबै खर्च भारतले नै व्यहोर्ने प्रशासन प्रमुख डाँगीले जानकारी दिदै  नेपालको शून्य लागतमा दुई वटै रेलको मर्मतसम्भार हुन लागेको बताए ।

प्रमुख डागी भने , “नेपाल रेलवे कम्पनी सञ्चालक समितिले निःशुल्क मर्मतसम्भार गरिदिनका लागि निर्णय गरेर भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयबाट परराष्ट्र मन्त्रालयमार्फत नेपालस्थित भारतीय राजदूतावासमा पठाएर निःशुल्क रूपमा मर्मतसम्भार गर्न लागिएको हो ।’’

Leave a Reply

Your email address will not be published. Required fields are marked *