इरानी विदेशमन्त्री अराघची र पाकिस्तानी सेना प्रमुख मुनिरबिच भेटवार्ता

अन्तराष्ट्रिय अर्थ मुख्य समाचार राजनिति शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि

 विदेशमन्त्री अब्बास अराघची र पाकिस्तानी सेना प्रमुख जनरल असिम मुनिरबिच मध्यपूर्वको अवस्थाबारे शनिबार महत्वपूर्ण वार्ता भएको बताइएको छ । दुई नेताबिच क्षेत्रीय सुरक्षा, इरान सङ्कट र तनाव कम गर्न कुटनीतिक प्रयासबारे शुक्रबार राति छलफल भएको बताइएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको स्थायी शान्तिका लागि गरिएका प्रयास सफल हुन नसके आक्रमण गर्ने चेतावनीका बिच इरानी विदेशमन्त्री अराघची र पाकिस्तानी जनरल मुनिरबिच भएको बैठकलाई पश्चिम एसिया तनाव कम गर्ने जारी अन्तिम प्रयास मानिएको छ । शुक्रबार राति अबेरसम्म दुई नेताबिच भएको वार्तामा मध्यपूर्वको सुरक्षा अवस्था, इरान द्वन्द्व र क्षेत्रीय स्थायित्वका विषयमा विस्तृत छलफल भएको बताइएको छ ।

बैठकमा यस क्षेत्रमा तनाव बढ्न नदिन चलिरहेको कूटनीतिक प्रयास र नयाँ पहलबारे पनि छलफल भएको इरानी समाचार एजेन्सी तस्निमले जनाएको छ । दुवै पक्षले पश्चिम एसियामा सुरक्षा र स्थिरता कायम गर्नुपर्ने आवश्यकतामा जोड दिएका छन् । पाकिस्तानले विगतमा पनि यस्ता छलफलसँग मेलमिलाप गर्ने प्रयास गरे पनि त्यसको कुनै परिणाम निस्कन सकेको छैन ।

यसैबिच, संयुक्त राष्ट्रसङ्घका महासचिव गुटेर्रेसले कुनै पनि देशको सार्वभौमिकताविरुद्ध बल प्रयोगको विरोध गर्दै यस क्षेत्रमा स्थिरता बहाल गर्न कूटनीतिको आह्वान गरेका छन्  । अर्कोतर्फ अमेरिकी ट्रम्प प्रशासनले इरानविरुद्ध नयाँ सैन्य आक्रमणको तयारी गरिरहेको बताइएको छ । सीबीएस न्यूजको रिपोर्टका अनुसार ट्रम्प प्रशासनले सम्भावित सैन्य कारबाहीका लागि रणनीति तयार गरिरहेको छ तर यसबारे अन्तिम निर्णय भने भइसकेको छैन । एएफपी 

Leave a Reply

Your email address will not be published. Required fields are marked *