बलात्कार आरोपमा मधेशका पूर्व प्रदेश प्रमुख राजेश झा पक्राउ

मुख्य समाचार राजनिति शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि

मधेश प्रदेशका पूर्वप्रमुख राजेश झा (अहिराज) बलात्कारको आरोपमा पक्राउ परेका छन्। काठमाडौं जिल्ला अदालतले जारी गरेको पक्राउ पूर्जीका आधारमा जिल्ला प्रहरी परिसर, काठमाडौंले उनलाई नियन्त्रणमा लिएको हो।

जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रवक्ता एसपी अपील राज बोहराले झालाई पक्राउ गरी अनुसन्धानका लागि अदालतबाट पाँच दिनको म्याद थप गरिएको पुष्टि गरे। ‘अदालतको अनुमतिपछि हामीले उनलाई नियन्त्रणमा लिएर अनुसन्धान प्रक्रिया अगाडि बढाएका छौं,’ एसपी बोहराले  भने ।

प्रहरीका अनुसार, पीडितको जाहेरीका आधारमा अदालतले गत चैत २५ गते नै झाविरुद्ध पक्राउ पूर्जी जारी गरेको थियो। पूर्जी जारी भएदेखि नै प्रहरीले उनको खोजी गरिरहेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *