रूसको रासायनिक कारखानामा विस्फोट हुँदा तीन जनाको मृत्यु

अन्तराष्ट्रिय अर्थ मुख्य समाचार राजनिति शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि स्वास्थ्य

दक्षिणी रूसको रासायनिक कारखानामा भएको विस्फोटमा तीन जनाको मृत्यु भएको क्षेत्रीय गभर्नर रेडी खाबिरोभले शनिबार बताउनु भएको छ । उहाँले विस्फोटको कारण पत्ता नलागेको तथा विशेषज्ञद्वारा अनुसन्धान भइरहेकोे बताएका छन् ।

बास्कोर्तोस्तान क्षेत्रको स्टर्लिटामाकमा अवस्थित उक्त कारखानाले युक्रेनमा रूसी युद्धका लागि हतियार र गोलाबारुद उत्पादन गर्ने गरेको रूसी सञ्चार माध्यमले जनाएका छन् । युक्रेनी ड्रोनले एक महिना अघि एउटा प्रमुख तेल प्रशोधन केन्द्रलाई निशाना बनाएर सोही क्षेत्रमा आक्रमण गरेको थियो ।

बस्कोर्तोस्तानका गभर्नर खाबिरोभले टेलिग्राम मार्फत रासायनिक कारखानामा भएको  हिंसात्मक विस्फोटले एउटा भवन ध्वस्त पार्नुका साथै तीन महिलाको मृत्यु भएको बताए  । उनले बिस्फाेटका कारण घाईते भएका अन्य पाँच जनालाई अस्पतालमा भर्ना गरिएको  जस मध्ये दुई जनाको अवस्था गम्भीर छ ।

कारखानाले रूसका लागि आवाश्यक “विस्फोटक सामग्री उत्पादन र वितरण गर्ने गरेको खबिरोभले पुष्टि गरे  । सेप्टेम्बर-१८ मा युक्रेनी ड्रोनले राज्य नियन्त्रित विशाल ग्याजप्रोमद्वारा सञ्चालित बास्कोर्तोस्तान तेल प्रशोधन केन्द्रमा आक्रमण गर्दा किभ प्रति-आक्रमणको एक भागको रूपमा सेनाको कोषका लागि प्रयोग गरिएको रूसी ऊर्जालाई लक्षित गरेको जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *