राजनैतिक नियुत्तीका ११ राजदूतलाई फिर्ता बोलाउने सरकारको निर्णय

अन्तराष्ट्रिय मुख्य समाचार राजनिति शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि

सरकारले विभिन्न ११ देशमा रहेका आवासीय राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले चीन, जर्मनी, इजरायल, मलेसिया, कतार, रुस, साउदी अरब, स्पेन, अमेरिका, बेलायत र जापानका  राजदूतहरूलाई फिर्ता बोलाउने निर्णय गरेको हो।

सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलका अनुसार सरकारले राजदूतलाई आगामी तीन साताभित्र नेपाल फर्किन निर्देशन दिएको हो। उनका अनुसार कात्तिक २० गतेभित्र फिर्ता बोलाउने निर्णय मन्त्रिपरिषद् बैठकले गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *