इन्डोनेसियामा ज्वालामुखी विस्फोट

अन्तराष्ट्रिय अर्थ मुख्य समाचार शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि स्वास्थ्य

नेपाली समय अनुसार मंगलबार मध्यरातमा इन्डोनेसियामा माउन्ट लेवोटोबी लाकी-लाकी ज्वालामुखी विस्फोटपछि सरकारले सुरक्षा तयारी तीव्र पारेको छ ।भूगर्भ विभागले ज्वालामुखी दुई पटक विस्फोट भएको र ६ देखि ७ किलोमिटर परसम्मका बासिन्दालाई सतर्क रहन अनुरोध गरेको थियो ।

ज्वालामुखी विस्फोटपछि करिब १० किलोमिटर माथि आकाशसम्म खरानीका कणहरु उडेका थियो । सरकारले इन्डोनेसियाको पूर्वी फ्लोरेस टापुका बासिन्दालाइ सतर्क रहन अनुरोध गरेको छ ।

ज्वालामुखी र भौगर्भिक जोखिममा काम गर्ने सरकारी निकायले सर्वसाधरणलाइ नआत्तिन, सरकारी निर्देशन पालना गर्न र अपुष्ट हल्लाहरुलाइ विश्वास नगर्न अनुरोध गरेको छ । ज्वालामुखी विस्फोट भएको पहाड नजिकका गाउँका स्थानीयहरुलाई सुरक्षित स्थानमा सारिएको छ ।

गत जुलाईमा पनि यही ज्वालामुखी विस्फोट भएको थियो । त्यतिबेला १८ किलोमिटर माथिसम्म खरानीका कणहरु उडेका कारण बाली टापुको अन्तर्राष्ट्रिय विमानस्थलमा  रद्द भएका छन  । इन्डोनेसियामा हाल १२० वटाभन्दा बढी सक्रिय ज्वालामुखी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *