महोत्तरीको गौशालामा मुसलधारे पानी, ६ घन्टामै १४१ मिलिमिटर वर्षा

अर्थ मुख्य समाचार शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि स्वास्थ्य

दसैंको बीचमा सक्रिय मनसुनका कारण अधिकांश स्थानमा वर्षा भइरहेको छ। धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षा भइरहँदा महोत्तरीको गौशालामा अति भारी वर्षा मापन भएको छ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखले अद्यावधिक गरेको विवरणअनुसार पछिल्लो ६ घन्टामा गौशालामा १४१ मिलिमिटर वर्षा भएको छ। २४ घन्टा अवधिमा सयदेखि दुई सय मिलिमिटरसम्मको वर्षालाई भारी वर्षा भनिए पनि ६ घन्टामै परेको पानीको यो आँकडा मुसलधारे नै हो।

विभागका अनुसार बुधबार राति सबै प्रदेशमा साधारणतया बदली रहने छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराई भू–भाग लगायत मधेस प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका पहाडी र तराई भू–भागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना छ।

कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ।बिहीबार दिउँसो सबै प्रदेशमा साधारणतया बदली रहने छ। कोशी, बागमती, गण्डकी प्रदेशका पहाडी र तराई भू–भाग लगायत मधेस प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका पहाडी र तराई भू–भागका थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ।कोशी र बागमती प्रदेशको एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *