इलाममा पहिलो पटक कालो चितुवा भेटियो

इलामकाे सूूर्योदय नगरपालिका–२, बागवीरेस्थित टङ्क काफ्लेका तीन वटा बाख्रा सोमबार बिहान कालो चितुवाले खाएको भेटियो । कालो रङ्गको चितुवा इलाममा पहिलो पटक भेटिएको हो । बाख्रालाई घाँस हाल्न जाँदा बाख्राको खोरमा चितुवा बसेको भेटिएको स्थानीय लालीगुराँस टोल विकास समितिका अध्यक्ष राजु घिमिरेले बताए  । घिमिरेका अनुसार काफ्लेको खोरमा रहेका दुुई वटा माउँ र एउटा पाठो चितुवाले […]

Continue Reading

नेपाल ‘ए’ लाई टी–२० सिरिज उपाधि

आसाम प्रदेश क्रिकेट सङ्घविरुद्धको टी–२० अभ्यास सिरिज नेपालले जितेको छ । भारतको गुवाहटीमा आज  भएको सिरिजको पाँचौँ तथा अन्तिम खेलमा नेपालले आसामलाई ४४ रनले हरायो । यससँगै नेपालले सिरिज ३–२ ले जितेको हो । जितका लागि नेपालले दिएको दुई सय नौ रनको लक्ष्य पछ्याएको घरेलु टोली आसाम निर्धारित २० ओभरमा नौ विकेटको क्षतिमा एक सय ६४ […]

Continue Reading

अवकाश लागु हुने उमेरमा जुटेन सहमति

राष्ट्रिय सभाको विधायन व्यवस्थापन समिति सत्तापक्ष र विपक्षमा विभाजित भएपछि सङ्घीय निजामती सेवा विधेयक–२०८० को अनिवार्य अवकाशसहित बाँकी रहेका विषयको छलफल सहमति नभई रोकिएको छ । सहमति हुन बाँकी रहेका विषयलाई टुङ्ग्याउँदै आइतबार नै दफावार छलफल सम्पन्न गर्ने गरी बसेको बैठक छ घण्टा चले पनि अनिर्णीत बनेको हो । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्रीको अनुपस्थितिमा शुक्रबार सङ्घीय […]

Continue Reading

डा. केसीले धनगढीमा २३औँ अनशन गरे

चिकित्सा शिक्षा सुधारका लागी भन्दै बिबादित प्रा.डा. गोविन्द केसीले धनगढीको सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट २३ औँ अनशन सुरु गरेका  छन्।सरकारले चिकित्सा शिक्षातर्फ (एमबीबीएस) को सिट सङ्ख्या बढाएको विरोधमा चार बुँदे माग राख्दै डा. केसीले अनशन सुरु गरेका हुन् । चिकित्सा शिक्षा आयोगको २१औं बैठकले एमबीबीएसमा एक हजार ३५९ सिट थपेर दुई हजार ६३५ […]

Continue Reading

दसैँका लागी सुकिला नोट साट्ने व्यवस्थाः नेपाल राष्ट्र बैँक

दसैँ, तिहारलगायत चाडलाई लक्ष्यित गरेर नेपाल राष्ट्र बैँकले यही भदौ २९ देखि असोज १० गतेसम्म सुकिला नोट साट्ने व्यवस्था गरेको जनाएको छ ।बैँकको मुद्रा व्यवस्थापन विभागले थापाथलीस्थित काठमाडौँ बैंकिङ कार्यालय, राष्ट्र बैँकका प्रदेश कार्यालय र सबै बैँक तथा वित्तीय संस्थाका शाखाबाट नोट साट्न पाइने  जनाएको हो । “नेपाल राष्ट्र बैँकको मुद्रा व्यवस्थापन विभाग र प्रदेशस्थित […]

Continue Reading

गंगा सोनाम बनिन् नेपाल आइडल छैटौँ सिजनको विजेता

गायन रियालिटी शो ‘नेपाल आइडल’ छैटौं सिजनको विजेता सिन्धुपाल्चोककी गंगा सोनाम बनेकी छन् । राजधानीमा आइतबार राति सम्पन्न ग्राण्ड फिनालेमा अन्य ४ प्रतिस्पर्धीलाई पछि पार्दै उनी विजेता घोषित भएकी हुन् । कार्यक्रम आयोजकका अनुसार विजेता उनलाई २५ लाख रुपैयाँसहितको उपाधि प्रदान गरिएको छ ।  यस्तै फस्ट रनरअपलाई १० लाख र सेकेन्ड रनरअपलाई ५ लाख रुपैयाँ […]

Continue Reading