आज यी प्रदेशमा भारी वर्षाको सम्भावना

हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास अवस्थित रहेको छ।आज दिउँसो देशभर साधारणतया बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। देशका पहाडी भू–भागका केही तथा तराई भू–भागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ। महाशाखाका अनुसार कोशी प्रदेश लगायत बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

Continue Reading

आज बाल दिवस मनाइँदै, राष्ट्रपति पौडेलद्वारा शुभकामना

राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय बाल दिवसका अवसरमा समस्त नेपाली बालबालिका तथा अभिभावकहरूमा शुभकामना व्यक्त गरेका छन् । नेपालले बाल अधिकारसम्बन्धी महासन्धी अनुमोदन गरेको दिनलाई आधार मानी हरेक वर्ष भदौ २९ गते राष्ट्रिय बाल दिवस मनाउँदै आएको छ । यस वर्षको बालदिवसका नारा  ‘बालबालिकामा लगानी: सुनिश्चित भविष्यको थालनी’भन्ने रहेको छ । राष्ट्रपति पौडेलले  सन्देशमा बाल दिवसले […]

Continue Reading

आज जितियाको निराहार व्रत

महोत्तरीः सन्तानको सौर्यवृद्धि र कल्याणको कामना गर्दै मधेसको प्राचीन मिथिला क्षेत्रका आमाहरूले आज जितिया पर्वको व्रत सुरु गरेका छन् । शनिबार बिहान पवित्र जलाशयमा नुहाएर व्रत सङ्कल्प गर्दै मध्यरातपूर्व ‘ओगटन’ (दर) खाएसँगै सन्तानवती मिथिलानी (मिथिलाका नारी)ले निराहार व्रत सुरु गरेका हुन् । पितृपक्ष पनि भनिने असोज कृष्णपक्षको अष्टमी तिथिमा यो व्रतको परम्परा छ । शनिबार मध्यरातपछि […]

Continue Reading

राष्ट्र बैंकले एक अर्ब २० करोड मुद्दती लगानी गर्दै

नेपाल राष्ट्र बैंकले रु एक अर्ब २० करोड बराबरको रकम बैंक तथा वित्तीय संस्थामा मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ। बैंकको उपदान तथा पेन्सन कोषमा रहेाेको रकम लगानी गर्नु परेकाले इच्छुक बैंक तथा वित्तीय संस्थालाई सहभागिताका लागि आग्रह गरेको छ। केन्द्रीय बैंकले यही भाेलि भदौ ३० गतेभित्र निवेदन दिन आग्रह गरेको छ। राष्ट्र बैंकले ‘क’ वर्गका […]

Continue Reading

बीमा कम्पनीलाई आजदेखि पहिलेकै रूपमा सञ्चालन गर्न निर्देशन

नेपाल बीमा प्राधिकरणले आजदेखि सबै बीमा कम्पनीलाई पहिलेकै रूपमा कार्यालय सञ्चालन गर्न निर्देशन दिएको छ। प्राधिकरणले विगत केही दिनदेखि भएको विषम परिस्थिति सामान्य हुँदै गएकाले पहिलेकै रूपमा कार्यालय सञ्चालन गर्न आग्रह गरेको हो। सुरक्षा निकायले कफ्र्यू र निषेधाज्ञालाई खुकुलो पार्दै लगेकाले सबै बीमा कम्पनी र तिनका शाखा कार्यालय आजदेखि पूर्ण रूपमा सञ्चालन गर्न आग्रह गरेको […]

Continue Reading

आज पदबहाली गर्दै प्रधानमन्त्री

पुरानो गृह मन्त्रालय परिसरमा बनेको नयाँ भवनमा प्रधानमन्त्री सुशीला कार्कीले आज  पदबहाली गर्ने भएकी छन्। नयाँ प्रधानमन्त्रीको पदबहाली गर्ने कार्यक्रम आजका लागि तय भएको प्रधानमन्त्री कार्यालयका सचिव राजकुमार श्रेष्ठले बताए। उनका अनुसार आज बिहान ११ बजे प्रधानमन्त्री कार्कीले नयाँ भवनमा पदबहाली गर्ने कार्यक्रम तय गरिएको हो।  प्रधानमन्त्री कार्कीलाई स्वागत गर्न उच्च कर्मचारीहरूलाई बिहानै बोलाइएको छ। […]

Continue Reading

जेनजी समूहले आज पत्रकार सम्मेलन गरेर माग सार्वजनिक गर्ने

जेनजी समूहले आइतबार पत्रकार सम्मेलन गर्ने भएका छन् । रिपोर्टर्स क्लबमा दिउँसो ३ बजे पत्रकार सम्मेलन गरेर नयाँ सरकारसँग युवाहरुतर्फबाट मागहरु सार्वजनिक गरिने जेनजी समूहका नेता सुदन गुरुङले जानकारी दिए । आन्दोलनमा मृत्यु भएकालाई शहिद घोषणा, परिवारलाई क्षतिपूर्ति, घाइतेको निःशुल्क उपचार र पुनस्थापना, भ्रष्टाचारविरुद्ध निर्मम कारबाही लगायत उनीहरुको माग छ ।

Continue Reading

संसद् विघटनसँगै पुरानो पार्टी पनि विघटनको दिशामा पुगे : जनार्दन शर्मा

माओवादी केन्द्रका नेता जनार्दन शर्माले संसद् विघटनसँगै पुराना र नयाँ भनिएका पार्टीहरू पनि विघटनको दिशामा पुगेको बताएका छन्। शनिबार सामाजिक सञ्जालमा स्टाटस लेख्दै उनले आगामी दिनमा आन्दोलनको म्यान्डेट र जनअपेक्षाअनुसार ‘गम्भीर आत्म समीक्षा’सहित पुनर्गठन र पुनर्संरचनाको महाअभियान सुरु गर्न आग्रह गरे।

Continue Reading

राष्ट्रियसभा, प्रदेशसभा र स्थानीय सरकार पनि विघटन हुनुपर्छ : प्रभु साह

आम जनता पार्टी (आजपा)का अध्यक्ष प्रभु साहले राष्ट्रियसभा, प्रदेशसभा र स्थानीय सरकार पनि विघटन गर्न माग गरेका छन् ।आज सञ्चारकर्मीलाई प्रतिक्रिया दिदै  साहले अहिलेकै संविधान, व्यवस्था र प्रणालीलाई स्वीकार गरेर केवल सरकार बदलने समझौता जेनजी आन्दोलनसंग धोखा भएको टिप्पणी गरेका छन् । सार्वभौमसत्ता सम्पन्न नेपाली जनताले जनविद्रोहमार्फत कांग्रेस, एमालेको अलोकतान्त्रिक, अंवैधानिक गठबन्धनको अपवित्र सरकार, संसद […]

Continue Reading

भ्रष्टाचारी पूर्वप्रधानमन्त्री, पूर्वमन्त्री र नेताको महलबाट पुनः कोठायात्रा आरम्भ

जेनजी आन्दोलनका क्रममा घर जलेपछि पूर्वप्रधानमन्त्री, पूर्वमन्त्री, सांसदहरू काठमाडौंमा डेरा खोज्न थालेका छन् । वर्षौ ं देखि आलिसान महलमा बस्दै आएका नेताका घरलाई आन्दोलनकारीले निसाना बनाएपछि खण्डहरमा परिणत भएका छन् । आन्दोलन हिंसात्मक बन्दै गएपछि नेताहरूको घर जलेको र उनीहरू सेनाको ब्यारेकमा ज्यान जोगाउन सफल भए । सेनाको ब्यारेकभित्र रहेका नेताहरू अहिले डेरा खोज्दै छन् […]

Continue Reading